अनुष्का शर्माले आफूजस्तै देखिने अर्की महिला भेटेपछि
काठमाण्डाै – अभिनेत्री अनुष्का शर्मा यतिबेला सामाजिक सञ्जालमा छाइरहेकी छिन । अनुष्काकाे यसरी चर्चा हुनुको कारण उनको अभिनय वा फिल्मका कारण नभई उनीजस्तै देखिने अर्की महिलाका कारण चर्चामा छिन् ।
अमेरिकाकी गायिका जूलिया माइकल्स र अनुष्का शर्मा हुबहु देखिएपछि उनीहरु जुम्ल्याहा रहेको भन्दै सामाजिक सञ्जाल प्रयोग कर्ताले उनीहरुको तस्बिर सेयर गरिरहेका छन ।
यसरी आफूलाई अनुष्का शर्मा जस्तै देखिने भन्दै सामाजिक सञ्जालमा चर्चा भएपछि स्वयम् जुलिया माइकल्सले ट्विटरमा अनुष्का र आफ्नो फोटो सेयर गरेर ‘अनुष्का शर्मा हामी दुई जुम्ल्याहा’ भन्दै अनुष्का शर्मालाई मेन्सन गरिन्।
जुलिया आफैले अनुष्कासँगको तस्बिर सेयर गरेपछि अनुष्का शर्माले पनि जुलियालाई प्रतिक्रिया दिएकी छिन् । अनुष्काले लेखेकी छिन्, ‘हो म जीवनभरि तिमी अनि हाम्रा पाँच जना अनुहार मिल्नेहरुलाई खोजी राखेकी थिएँ ।’
February 6, 2019 12:52 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग