Saturday 7th March 2026

फाेनमार्फत बनेकाे प्रेमसम्बन्ध अघि बढाउन ४ वर्षे छाेराकाे हत्या

7 years अगाडी

सल्यान – सल्यानमा एक महिलाले प्रेमीका लागि आफ्नै छोराको हत्या गरेकी छिन् ।छत्रेश्वरी गाउँपालिका–४ सुँगुर पोखरी बस्ने १९ वर्षीया एलिशा खत्रीले आफ्नै छोरा समीर खत्रीलाई विष खुवाइ हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

पतिसँग राम्रो सम्बन्ध नभएपछि कुनै अपरिचित व्यक्तिसँग फोन सम्पर्कमै प्रेम सम्बन्ध बढ्न थालेपछि एलिशाले आप्mनै चार वर्षीय छोरालाई विष खुवाएर हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी विरेन्द्र बहादुर शाहीले जानकारी दिनुभयो ।

‘आफ्ना पति लिलाधर खत्रीसँग राम्रो सम्बन्ध नभएका कारण उनले अपरिचित व्यक्तिसँग फोन सम्पर्क गर्ने गरेको बयानमा खुल्न आएको छ,’ प्रहरी प्रमुख शाहीले भन्नुभयो, ‘आफू अविवाहित हूँ भनी प्रेम सम्बन्ध कायम राख्नको लागि आफैले आप्mनो छोरालाई विष खुवाएर हत्या गरेको उनले बयानमा भनेकी छिन् ।’

गएको पुस २८ गते बिहान आफ्नै घरमा छोराको हत्या गरेको प्रहरी समक्ष खत्रीले स्वीकार गरेको उहाँले बताउनु्भयो ।
खत्रीले आफ्नो छोरा समिरलाई सेल्फास नामक विषादी खुवाएको खुल्न आएको छ ।विषदी खुवाएर भूत प्रेत लाग्यो भनी उपचारको लागि श्रीनगर तर्फ लैजाँदै गर्दा बाटोमै समिरको ज्यान गएको प्रहरीले जनाएको छ ।

छोराको ज्यान गएपछि गाउँलेहरुलाई भ्रममा पारी खत्रीले छोरा समिरको लास जङ्गलमा गाडेको स्थानीयले जानकारी दिएपछि प्रहरीले २९ गते खत्रीलाई पक्राउ गरि अनुसन्धान थालेको थियो ।

अनुसन्धानकै क्रममा खत्रीले हत्या गरेको स्वीकार गरेपछि उनलाई बुधबारै जिल्ला अदालत सल्यानमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

          February 6, 2019 3:42 pm | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...