सिन्धुलीमा जन्ती बोकेको टिप्पर दुर्घटना : दुई जनाको ज्यान गयो, ४० जना घाइते
7 years अगाडी
Susma Dhakal
सिन्धुली – सिन्धुलीमा जन्ती बोकेको टिप्पर दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । ४० जना घाइते भएका छन् । हिजो बेलुकी रामेछापको खाँडदेवी गाउँपालिका–१, कडोरेबाट जन्ती लिएर काभ्रे फर्कँदै गरेको बा ४ ख ९४३८ नम्बरको टिप्पर सिन्धुलीको सुनकोशी गाउँपालिका–२, कमेरेफाँटमा दुर्घटना हुँदा घाइते भएका काभ्रेको तिमाल–९, की २२ वर्षकी कृगणमाया माझी र १६ वर्षीय चुन्पाई लामाको ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि घाइते भएका मध्ये १० जनालाई थप उपचारको लागि काठमाण्डौको ट्रमा सेन्टरमा ल्याइएको छ । अरुको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ । टिप्परमा कतिजना सवार थिए भन्ने थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।
February 7, 2019 10:32 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
Loading...