

कोपा डेल रे : रियल मड्रिङ र बार्सिलोनाको बराबरी, फाइनल पुग्ने दुवैको ढोका खुल्ला
6 years अगाडी
Susma Dhakal

स्पेनी फुटबल प्रतियोगिता कोपा डेल रेको सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना र रियल मिड्रडले एक–एक गोलको बराबरी खेलेका छन् ।क्याम्प नोउमा ९२ हजार दर्शकमाझ भएको खेलमा रियलले एक गोलको अग्रता जोगाउन सकेन ।
स्टार खेलाडी लियोनल मेस्सीलाई पूर्ण रुपमा फिट नहुँदा पनि दोस्रो हाफमा मैदानमा छिराएको बार्सिलोनाविरुद्ध खेलको छैटौं मिनेटमा नै लुकास भाज्क्वेजले गोल गर्दै अग्रता दिलाए ।
पहिलो हाफमा एक गोलको अग्रता बनाएको रियलविरुद्ध घरेलु टिम बार्सिलोनाले ५७ औं मिनेटमा खेल बराबरी गर्न सफल भयो । उसका लागि माल्कोमले गोल गरे ।
६३औं मिनेटमा मेस्सी मैदानमा प्रवेश गरेपछि बार्सिलोनाले रियल वरुद्ध केही दबाब बनाए पनि गोल गर्न सकेन । यो बराबरीले दुवै टिमलाई फाइनलमा पुग्न ढोका खुल्ला नै रहेको छ ।
February 7, 2019 11:00 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई कारबाही गर्न चौतर्फी दबाव

एनआरएनए कुवेतको अध्यक्षको लागि तीन जनाको उम्मेदवारी, आईसिसी सदस्यमा गिरि एक्लो उम्मेदवार

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ

नेपाल पत्रकार महासङ्घ कुवेतद्वारा सचिवद्वय गौतम र बिँडारीलाई गर्यो बिदाई

झापाली समाज कुवेतको छैटौ महाधिवेशनको सम्पुर्ण तयारी पुरा
Loading...

