यस्तो कसैलाई नहोस भागुवान: ऋण तिर्न भनेर मुस्ताङ जानुभएको थियो, हामीलाई नै छाडेर जानुभयो !
मनहरि चौधरीका आँखा शुक्रबारदेखि ओभाएका छैनन्। उनी बिस्ताराको बिस्तारै छिन्। पति सुबेर चौधरीको शुक्रबार मुस्ताङमा मुत्यु भएको खबर सुनेदेखि उनी विक्षिप्त छिन्। राप्ती गाउँपालिका–१ नयाँ बस्तीकी ३९ वर्षीया मनहरिले पतिको मृत्युको खबर खेतमा काम गर्दागर्दै सुनेकी थिइन्। घर बनाएको ४० हजार ऋण तिर्न सपना बोकेर सुबेर मुस्ताङ पुगेका थिए।
घरको एक मात्र कमाउने व्यक्तिको अकल्पनीय मृत्युको खबरले मनहरि मात्रै होइन, चौधरीका बूढा आमाबाबु र नाबालक छोराछोरी पनि शोकसन्तप्त छन्। श्रम र मजदुरी गरेर परिवार पाल्दै आएका सुबेर गत चैतमा स्थानीय रमेश घर्तीको सहयोगमा मुस्ताङ पुगेका थिए। ‘घर बनाउँदा समूहबाट लिएको ४० हजार रूपैयाँ थियो’, मनहरिले भक्कानिँदै भनिन्, ‘भदौसम्म तिरिसक्नुपर्ने भाका छ, ऋण तिर्न भनेर मुस्ताङ जानुभएको थियो, हामीलाई नै छाडेर जानुभयो।’
सुबेर घरमा हँुदा गाडी चालक थिए। गाडी मात्रै चलाएर कमाइ राम्रो नभएको भन्दै उनी धेरै कमाएर छिट्टै ऋण चुक्ता गर्न मुस्ताङ गएका थिए। सुबेरकी जेठी छोरी सुनीता चौधरी आर्थिक अभावकै कारण विद्यालय छाडेर घरमा बसेकी छिन् भने छोरा सोना चौधरी स्थानीय विद्यालयमा कक्षा ९ मा पढछन्। अर्की छोरी सरिष्मा चौधरी सात कक्षामा पढ्छिन्।
राप्ती–१ नयाँ बस्तीकी कविता घर्तीको पनि सोही दुर्घटनामा मुत्यु भएको छ। घरमा रहेकी १३ वर्षीया छोरी सिर्जना बेहोसजस्तै छिन्। ७० हिउँद काटेका सासूससुरा स्तब्ध छन्। कविताको खरले छाएको एउटा घरमा छिमेकीहरू पनि शोक मनाउन आइपुगेका छन्।
February 7, 2019 12:55 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी