

बराबरीमा रोकियो क्लासिको , मेस्सीले जादु देखाउन सकेनन् (भिडियो सहित)

झापा । स्पेनिस कप कोपा डेल रे फुटबल अन्तर्गत गएराती भएको स्पेनको दुई ठुला क्लब बिचको एल क्लासिको अर्थात् बार्सिलोना र रियल मड्रिडबिचको खेल १-१ गोलको बराबरीमा रोकिएको छ ।
निकै प्रतिस्पर्धात्मक रहेको खेलमा सुरुवाती गोल भने रियल मड्रिडले गरेको थियो। खेल सुरु भएको छैटौँ मिनेटमै रियलकालागि लुकास भास्केसले गोल गरेका थिए। पहिलो हाफमा उत्कृष्ट खेल खेलेको रियलले बार्सिलोनालाई निकै दवाबमा राखेको थियो। बार्सिलोनाले गोल गर्न नसक्दा पहिलो हाफ १-० मा सकिएको थियो । दोस्रो हाफको सुरुदेखिनै आक्रामक फुटबल खेलेको बार्सिलोनाकालागि ५७ औं मिनेटमा ब्राजिलियन खेलाडी माल्कमले गोलगर्दै खेललाई १-१ को बराबरीमा ल्याएका थिए।
६४ औं मिनेटमा बार्सिलोनाका कप्तान मेस्सी मैदान प्रवेश गरेपछि मड्रिड अझ दवाबमा परेको थियो। बार्सिलोनाका लागि मेस्सिले केहि उत्कृष्ट अवसर सिर्जना गरेपनि त्यो सिर्जनाालाई उनका सहकर्मीहरुले सफल बनाउन सकेनन्।९० मिनेट पछि ३ मिनेट अतिरिक्त समय खेलाईएको खेलमा दुवै टिमले थप गोल गर्न नसक्दा खेल १(१ को बराबरीमा सकिएको थियो।
दुई टिमबीच दोस्रो लिग २८ फेब्रुअरी मा रियलको होम ग्राउण्डमा हुनेछ । त्यस पश्चात् फेरी केही दिन पश्चात् यि दुई टिमले घरेलु लिग अन्तर्गत आफ्नो दोस्रो खेल खेल्नेछन् । भिडियो यस्तो छ
February 7, 2019 1:44 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई कारबाही गर्न चौतर्फी दबाव

एनआरएनए कुवेतको अध्यक्षको लागि तीन जनाको उम्मेदवारी, आईसिसी सदस्यमा गिरि एक्लो उम्मेदवार

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ

नेपाल पत्रकार महासङ्घ कुवेतद्वारा सचिवद्वय गौतम र बिँडारीलाई गर्यो बिदाई

झापाली समाज कुवेतको छैटौ महाधिवेशनको सम्पुर्ण तयारी पुरा

