जानकी मन्दिर पनि छिट्टै विश्व सम्पदा सूचीमा
धनुषा – जनकपुरको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राखिने भएको छ । पुरातत्व विभागका टोलीसँगै युनेस्कोबाट आउनुभएका क्रिष्टन मनहर्टले जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहसँग बिहीबार यस विषयमा छलफल गर्नुभएको थियो ।
विश्व सम्पदा सूचीमा राख्न अधिकांश प्रक्रिया पूरा भए पनि अझै केही गर्नुपर्ने बाँकी रहेको मनहर्टले जानकारी दिनुभएको उपमहानगरप्रमुख साहले बताउनुभयो ।
मनहर्टले विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पूर्वाधारसम्बन्धी पुस्तक आफूलाई दिनुभएको र त्यहीबमोजिम बाँकी प्रक्रिया पूरा आग्रह गर्नुभएको उहाँले उल्लेख गर्नुभयो ।
उपमहानगरप्रमुख साह तथा उपप्रमुख रिताकुमारी मिश्रले मनहर्टको सम्मान गर्नुभएको थियो । अहिलेसम्म नेपालका सांस्कृतिक र प्राकृतिक सम्पदा गरी १० वटा क्षेत्र विश्व सम्पदा सूचीमा सूचीकृत छन् ।
विश्व सम्पदा सूचीमा परेको नेपाली सम्पदा
पशुपतिनाथ मन्दिर
स्वम्भूनाथ स्तुपा
बौद्धनाथ स्तुपा
काठमाण्डौ दरबार स्क्वायर
पाटन दरबार स्क्वायर
भक्तपुर दरबार स्क्वायर
चाँगुनारायण मन्दिर
लुम्बिनी
चितवन राष्ट्रिय निकुञ्ज
सगरमाथा राष्ट्रिय निकुञ्ज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी