सिद्धार्थ मलहोत्राले भने : ‘म करिना कपुरलाई श्रीमती बनाउन चाहन्छु ‘
काठमाण्डौं । बलिउड अभिनेता सिद्धार्थ मलहोत्रा हालै करण जौहरको सो ‘कफी विथ करण’मा गएका थिए । सिद्धार्थको साथमा आदित्यराय कपुर पनि थिए । सोको नयाँ प्रोमो सार्वजनिक भएको छ
प्रोमोमा करण दुवै कलाकारसँग र्यापिड फायर खेल्दै गरेको देखिन्छन् । जसमा सिद्धार्थले आफू करिना कपुरको श्रीमान् बन्ने चाहना व्यक्त गरेका छन् । करणले सिद्धार्थलाई सोधेका थिए, ‘को कलाकारलाई आफ्नो भाइ बनाउन चाहनुहुन्छ रु’ यसमा सिद्धार्थले आफू सैफअली खानको भाइ बन्न चाहेको बताएका छन् । यसपछि सिद्धार्थलाई को अभिनेत्रीलाई आफ्नी पत्नी बनाउन चाहनुहुन्छ भन्ने सवालमा उनले भने, ‘म करिना कपुरलाई आफ्नी पत्नी बनाउन चाहन्छु ।’
अचेल सिद्धार्थ मलहोत्राको नाम मोडल कियरा आडवाणीसँग जोडिएर चर्चामा छ । तर, हालै कियराले सिद्धार्थसँगको प्रेमसम्बन्ध हल्ला मात्र भएको बताएकी थिइन् । अहिले प्रशान्त सिंहको फिल्म ‘बजरिया जोडी’को सुटिङमा सिद्धार्थ व्यस्त छन् । फिल्ममा सिद्धार्थको साथमा परिणिती चोपडा देखिँदै छिन् ।
February 9, 2019 12:13 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर