युएईमा सोनाम ल्होछार कार्यक्रम भव्य रुपमा सम्पन्न
7 years अगाडी
Nepal Drishti
अनिस तामाङ, २६ माघ । तामाङहरुको सामाजिक संस्था तामाङ समाज युएईले दुबईमा तामाङ संस्कृति जगेर्नाका लागि ‘तामाङ समाज युएईको शान तामाङ सांस्कृतिक तामाङ पहिचान’ भन्ने मुल नाराको साथ सोनाम ल्होछार २८५५ फाग ल्होको उपलक्ष्यमा सेलो विशेष ल्होछार साँझ–२०१९ सम्पन्न गरेको छ ।

तामाङ समाज युएईका अध्यक्ष महेश मोक्तानको सभापतित्व सांसद बहादुरसिंह तामाङको प्रमुख आतिथ्यता, तामाङ समाज युएईका संस्थापक अध्यक्ष तथा किस्पाङ गाउँपालिका नुवाकोटका अध्यक्ष छत्र लामा, सेलो गायक सञ्जीव वाइवा, नेपाल आदिबासी जनजाति महासंघ युएईका अध्यक्ष पासाङ शेर्पा लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा तामाङ समाज युएईका उपाध्यक्ष तथा कार्यक्रम संयोजक भीम दोङले सरकारी कामकाजको भाषामा तामाङ भाषालाई मान्यता दिन नेपाल सरकारको ध्यानाकर्षण गराए । सांसद बहादुरसिंह तामाङले तामाङहरुको एकतामा जोड दिँदै राष्ट्रिय राजनीतिमा तामाङहरु अगाडि आउनुपर्ने बताए ।

कार्यक्रममा संस्थापक अध्यक्ष छत्र लामाले पनि तामाङ समाज युएईको स्थापना कालदेखि वर्तमानसम्मका गतिविधिबारे चर्चा गरेका थिए । कार्यक्रममा यस वर्षको प्रेसिडेन्ट अवार्ड–२०१८ को उपाधि कार्यक्रम संयोजक भीम दोङलाई प्रदान गरिएको छ ।

तामाङ समाज युएईका संस्थापक चार जना सदस्यहरु छत्र लामा, राम मोक्तान, विमल तामाङ, लेक योञ्जन तामाङ, नेपालबाट आमन्त्रित अतिथिहरु सांसद बहादुरसिंह तामाङ, सेलो गायक सञ्जीव वाइवालाई सामाजिक क्षेत्रमा दिएका योगदानको प्रशंसा गर्दै दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने तामाङ समाज युएईमा रहि समुदायलाई दिएको योगदानको उच्च मुल्यांकन गर्दै प्रत्येक क्षेत्रीय समिति र केन्द्रबाट दुई दुइ जना सदस्यहरुलाई स्टार मेम्बर अभ दि इयर -२०१८ अवार्डले सम्मान गरेका थिए ।

दर्शकको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा सेलो गायक सञ्जीव वाइवाले आफ्नो आधा दर्जनभन्दा बढी गीतहरु गाएर दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए । एउटा कुरा मनमा थियो, परदेशमा बस्ने ए हजुर, हिमाल पारी सीमाना गाउँ, आप्पलाई मेरो फ्याफुल्जि, जाडो है महिना लगायतका थुप्रै उत्कृष्ट सेलो गीतहरु प्रस्तुतिका साथमा स्थानीय कलाकारको प्रस्तुतिले माहौललाई संगीतमय बनाएका थिए ।

कार्यक्रमको अन्तिम अन्तिममा नवगायक प्रख्यात मोक्तानको ङेङ्कोर गीतको एल्बम सांसद बहादुरसिंह तामाङ लगायतका अतिथिहरुले विमोचन गरेका थिए । उक्त एल्बममा मादन गाउँको, ह्याङला सोनाम ल्होछार, ह्याङला डम्फू लगायत चार ओटा गीतहरु समावेश रहेका छन् भने स्याल्पा तेञ्जिन रिन्पोछेद्वारा लेखित एक सय हितोपदेश किताब कार्यक्रम वितरण गरेका थिए ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
Loading...