

राष्ट्रिय भलिबल फागुन २ देखि

नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा आगामी फागुन २ देखि ४ गतेसम्म पुरुषतर्फको राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ ।
प्रतियोगितामा नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लबलगायत राष्ट्रियस्तरका क्लबहरुसहित नवलपरासी र छिमेकी जिल्लासहित छिमेकी भारतको समेत एक टिमको सहभागिता रहनेछ ।
प्रतियोगितामा प्रथम हुनेले रु एक लाख ११ हजार १११ र दोस्रो हुनेले रु ५१ हजार १०१ र तृतीय हुनेले रु २५ हजार १०१ सहित शिल्ड र मेडल प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्नका लागि राष्ट्रिय भलिबल सङ्घसँग सहकार्य गरेर प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजक प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माले जानकारी दिए ।
प्रथम अध्यक्षकप खुल्ला राष्ट्रिय भलिबल प्रतियोगिता नाम दिइएको प्रतियोगीको मुख्य आयोजक प्रतापपुर गाउँपालिका रहेको छ ।
नेपाली सेनाको निःशुल्क स्वास्थ्य शिविर
नेपाली सेना कालीध्वज गण परासीले पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–९ पञ्चगरमा शनिबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा करीब ४०० बिरामी लाभान्वित भएका छन् ।
प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले नेपाली सेनाद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा बालबालिका, महिला, वृद्धवृद्धा र अन्य समुदाय लाभान्वित भएका हुन् । स्वास्थ्य शिविरबाट लाभान्वित बिरामीले जनताको भावनाअनुसार नेपाली सेनाले काम गरेको भन्दै खुशी व्यक्त गरेका छन् ।
हाडजोर्नी तथा नशारोग विशेषज्ञ, स्त्री तथा प्रसूति विशेषज्ञ र जनरल फिजिसियन चिकित्सकमार्फत बिरामीको स्वास्थ्य परीक्षण गरी औषधिसमेत वितरण गरिएको आयोजक नेपाली सेना कालीध्वज गण परासीले जनाएको छ ।
कालीध्वज गण परासीसहित जिल्ला स्वास्थ्य कार्र्यालय नवलपरासी, जिल्ला पृथ्वीचन्द्र अस्पताल परासीलगायतको सहकार्यमा शिविर सञ्चालन गरिएको थियो ।

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

यूएईमा रहेका नेपाली श्रमिकलाई सचेतना अभियान सञ्चालन

नेपाल तामाङ घेदुङ कुवेतद्वारा मृगौला पिडितलाई १ लाख ९० हजार रुपैयाँ आर्थिक सहयोग ।

आज राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै

भारतको केआईआईटी विश्वविद्यालयमा एक नेपाली विद्यार्थी मृत फेला

पेट्रोलियम पाइपलाइनबाट डिजलसँगै पेट्रोल र मट्टीतेलको पनि नियमित आयात शुरू

कल्याणकारी नेपाली युवा समाज कुवेतको अधिवेशन ४ अप्रिलमा हुने

सुरेश लामा र सुमिना लो तामाङ लाई कुवेतमा भब्य स्वागत

बक्यौता नतिर्ने उद्योगको लाइन काट्न सहमति माग्दै प्राधिकरणले आयोगमा पत्र पठायो

