कक्षा ९ मा पढ्ने तुलसीपुरका जीवनले बनाए वाईफाई भन्दा एकसय गुणा छिटो चल्ने ‘लाईफाई’ !
ईन्टरनेट चलाउँदा वाईफाई जति छिटो चल्छ, त्यो भन्दा एकसय गुणा छिटो चल्छ योलाईफाई ।’ गोरखा माबि तुलसीपुरमा कक्षा ९ मा पढ्ने जीवन बोहराले बनाएको प्रबिधिको बारेमा दर्षकलाई यसरी बुझाईरहेका थिए ।तुलसी पुर ६ बरुवागाउँमा रहेको उक्त बिद्यालयमा अध्ययनरत बोहराले आफेले बनाएको उक्त प्रबिधि हेर्न कार्यक्रममा सहभागि अतिथिहरुको निकै घुइँचो थियो ।
किनकी उनले अरु भन्दा अलि नयाँ प्रबिधि बनाएका थिए ।लामो संघर्ष पछि उनले बनाएको ‘लाईफाई’ ज हाँ मोवाईलको एयरफोनबाट आएको पावरले एउटा बक्ति बेलेको थियो।एयरफोनमा बजाएको कुरा लाईट मार्फत सोलार प्यानलमा कलेक्सन हुने र त्यहाँ कलेक्सन भएको कुरा स्पिकरबाट बाहिर जाने बताए । यही प्रबिधिबाटै ‘लाईफाई’ मार्फत एकसय गुणा छिटो नेट चलाउन सकिने उनको प्रक्रिया सुनेर सबैजना छक्क थिए ।
उनले बिद्यालयमा पढेको केही कुरा र ईन्टरनेटमा हेरेर केही कुरा सिके अनी ब्यबहारमा उतारे । पछिल्लो समय निजि बिद्यालय घोकन्ते बनिरहेको भन्ने गुनासो बढिरहेका बेला गोरखा स्कुलका बिद्यार्थीहरुले देखाएको कलाले ब्यबहारिक र सीपको बिकास पनि गरेको पुष्टि हुन्थ्यो ।स्मार्ट सिटीको परिकल्पना गरेर बनाएका सामग्रीदेखि बाढी आउँदा बत्ति बल्ने प्रबिधि बिद्यार्थीहरुले बनाएर पदर्शनमा राखेका थिए ।
कक्षा ६ का दीपक केसी, सिद्धार्थ जिसी तथा बिनोद जिसीले बनाएको नदीमा पानीको बहाव बढेपछि आफै बक्ति बल्ने प्रबिधि हेर्ने हरुको घुइँचो पनि उत्तिकै थियो, भने कक्षा ६ का सुदीप वलीले बनाएको आकेशे पानीलाई संचय गरेर बिरुवाको आबश्यकता अनुसार स्वचालित रुपमा सिंचाई गर्ने प्रबिधिहरु मनपराउने पनि थुप्रै थिए ।
गोरखा स्कुलको ८ औं बार्षिकोत्सवमा सहभागि अभिभावक हरु पनि आफ्ना छोराछोरीले बनाएका यस्ता प्रबिधि देख्दा निकै खुसी देखिन्थे ।बिद्यार्थीहरु अब किताबी ज्ञान मात्रै नभई ब्यबहारिक ज्ञानमा दख्खल हुनुपर्ने कार्यक्रमकी प्रमुख अतिथि त्रिभुवन बिश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीले बताईन् । ‘बिद्यार्थीहरु घोकन्ते मात्रै हाईन्, ब्यबहारिक हुनुपर्छ ।’ उनले भनिन् ।’
गोरखा ग्रुपका अ ध्यक्ष मानबहादुर बुढाको अध्यक्षतामा शुक्रबार भएको बार्षिकोत्सवमा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्य, गोरखा ग्रपुका सिईयो नवलसिंह जिएम, अभिभावक सालिकराम गौतमलगायतले बिद्यार्थीहरुको ब्यबहारिक ज्ञान देख्दा भबिष्य सुनौलो भए को भन्दै यस्ता क्रियाकलापमा बिद्यालयले अझै पनि साथ दिनुपर्ने बताएका थिए ।कार्यक्रममा स्वागत मन्तब्य ब्यक्त गर्दै गु्रपका शैक्षिक निर्देशक दुर्गा केसीले अहिले शिशु कक्षा देखि कक्षा १२ सम्म सञ्चालनमा आएको बताए । कक्षा ११ र १२ मा बिज्ञान र ब्यबस्थापन शंकायसाथै गोरखा मोडल कलेजमा बिबिएसको अध्यापन कार्य सूचारु भएको बताए ।
बिद्यँलयमा अहिले करिब उकसय एकसय १० जना शिक्षक तथा शिक्षिका कार्यरत रहेको बताए ।त्यस अवसरमा बिद्यालयको बारेमा जानकारी दिदै प्रिन्सीपल बिजयमान जिएमले अहिले बिद्यालयमा दुईहजार तीनसय ४७ जना बिद्यार्थी अध्ययनरत रहेको जान कारी दिए । साथै बिद्यालयले उत्कृष्ठ नतिजा ल्याउँदै आएको समेत बताए ।
February 10, 2019 2:42 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी