टोखा नगरपालिकामा १ लाख ५२ हजार नक्कली नोट बरामद
7 years अगाडी
Susma Dhakal
काठमाडौं। प्रहरीले टोखा नगरपालिका–१० गणेशस्थानबाट १ लाख ५२ हजार नक्कली नोट बरामद गरेको छ। गत शनिबार राति प्रहरीले नेपाली रुपैयाँ १ हजार दरका १ सय ५२ थान नोट बरामद गरेको हो।
उक्त नगरपालिका गौतम श्रीपालीको घरमा डेरा गरी बस्ने हिक्मत मिया समेत २ जनाको कोठामा नक्कली जाली नोटको कारोवार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रभाग नयाँ बसपार्कबाट खटिएको प्रहरीले हिक्मत मियाको कोठामा पलङ मुनी लुकाईछिपाई राखेको नक्कली नेपाली रुपैंया १ हजार दरका ११ थान र सोही घरमा डेरा गरी बस्ने ओमबहादुर कुँवरको कोठाबाट नक्कली नेपाली रुपैयाँ १ हजार दरका १ सय ४१ थान फेला पारी बरामद गरेको हो।
फरार रहेका हिक्मत मिया र पोमबहादुर कुँवरको खोजी भइरहेको प्रहरीले जनाएको छ। साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ।
February 10, 2019 2:48 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
Loading...