काठमाडौँकी एक महिलाको ५४ वर्षमा जुम्ल्याहा टेस्टट्युब बेबी !
काठमाडौं निवासी ५४ वर्षीया एक महिलाले आइतबार साँझ अल्का अस्पताल जाउलाखेलमा जुम्ल्याहा टेस्टट्युब बेबी जन्माउनुभएको छ, त्यो पनि महिनावारी सुकेको चार वर्षपछि । यो समाचार आजको नेपाल समाचारपत्रमा भगवती तिमल्सिनाले लेखेकी छिन् ।ती नवजात शिशुमध्ये छोरा १ दशमलव ४ केजी र छोरी १ दशमलव ६ केजीका छन्। दुवै बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
महिनावारी सुकेको ४ वर्षपछि आमा बन्न सक्छु कि सक्दिनँ भनेर एक वर्षअघि आईभी एफ तथा प्रसूति विशेषज्ञ डा. नूतन शर्माको क्लिनिकमा पुग्नुभएकी ती महिलालाई उहाँको टोलीले बेस्ट ट्रिटमेन्ट गरेर २ सन्तानकी आमा बनाई अपार खुसी दिएर पठाएको छ ।
महिनावारी बन्द भएपछि बच्चा जन्माउनु निकै ठूलो चुनौती र आश्चर्यको कुरा हो । तर अल्का अस्पतालमा सञ्चालित आईभीएफ टेस्टट्युब बेबी विभागका प्रमुख तथा स्त्रीरोग विशेषज्ञ डा. शर्माको टोली त्यसमा सफल भएको छ ।ती महिलालाई औषधिको माध्यमबाट पुनः महिनावारी गराई पाठेघर सक्रिय पारेर ८ महिनाअघि टेस्टट्युब बेबी राख्ने प्रक्रिया अपनाइएको थियो ।ती महिलाको नाम नाम तत्काल गोप्य राखिएको छ ।
February 12, 2019 10:20 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी