Monday 16th March 2026

भूमि समस्या समाधान गर्न नुवाकोटका भूमिपीडितको माग

7 years अगाडी

नुवाकोट । जिल्लाका भूमिपीडितले भूमिसम्बन्धी समस्या समाधान गर्न माग गरेका छन्। जिल्ला भूमि अधिकार मञ्चले सोमबार प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो।

जिल्लामा पाँच हजार रोपनी विर्ता जग्गा छ। विदुर, जिलिङ, रातमाटे, दुईपीपल, गोस्र्याङ, चारघरे, खड्गभञ्याङ, गेर्खु र चौघडामा बिर्ता समस्या रहेको भूमि अधिकार मञ्च नुवाकोटका अध्यक्ष विन्दा नेपालले बताए।

जिल्लामा एक हजार ५५८ परिवारले जोतभोग गरिरहेको चार हजार ९५७ रोपनी बिर्ता जग्गा छ। पुस्तौँ पहिलेको बिर्ता समस्या हालसम्म पनि समाधान हुन नसकेको उनले बताए।

जमीनको स्वामित्व ९लालपुर्जा० नहुँदा किसान समस्या भोग्न बाध्य रहेको मञ्चका अभियन्ता कल्पना न्यौपानेले बताए। “आफूले जोतभोग र संरक्षण गरेको जमीनको स्वामित्वका लागि किसान लडाइँ लडिरहेका छन्, अझै पनि सरकारले किसानको पक्षमा निर्णय गर्न सकेको छै”, ज्ञापनपत्रमा उल्लेख छ।

          February 12, 2019 10:35 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...