युनाइटेड विरुद्ध जित निकाल्यो पिएसजीले (भिडियो सहित)
झापा । युरोपको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जित दर्ता गरेको छ । बुधबार बिहान भएको खेलमा पिएसजीले उपाधिको दाबेदार मानिएको टोली इगंल्यान्डको क्लब म्यानचेष्टर युनाइटेडलाई २–१ गोल अन्तरले हराएको हो ।
अन्तिम १६ को पहिलो लेगअन्तर्गतको खेलमा स्टार खेलाडीद्वय नेयमार र इडिन्सन काभानी बिनै मैदान उत्रिएको पिएसजीले युनाइटेडलाई हराएको हो । युनाइटेडको घरेलु मैदानमा भएको सो खेलमा पिएसजीलाई जित दिलाउन युवा खेलाडी किलियन एम्बाप्पे र क्रिस्नेल किम्पेम्बेले समान एक–एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरी खेलेको पिएसजीले दोस्रो हाफमा दुई गोल गर्दै जित निकाल्यो । खेलको ५३ औं मिनेटमा आफुले पाएको कर्नरलाई राम्रोसँग सदुपयोग गर्दै पी केम्पेम्बेले टोलीलाई १-० को अग्रता दिलाएका थिए । यस्तै खेलको ६० औं मिनेटमा डि मारियाको पासमा केलिन एम्बाप्पेले उत्कृष्ट गोल गर्दै आफ्नो टोलीलाई २-०को अग्रता दिलाए ।
आफ्नै घरेलु मैदानमा निकै दवाबमा रहेको युनाइटेडले सोचेभन्दा फितलो प्रदर्शन गरेको थियो । पहिलो हाफमै उसका स्टार खेलाडी जेसे लिंगार्ड घाइते भएका थिए । उनलाई प्रतिस्थापन गर्दै चिलियन सुपरस्टार एलेक्सिस सान्चेज मैदान प्रवेश गरेका थिए । दोस्रो हाफमा एन्थोनी मर्सियालको ठाउँमा जुआन माटा मैदान छिरेपनि टिमलाई जित दिलाउँन सकेनन्। पिएसजीले भने कुनैपनि खेलाडी परिवर्तन गरेन ।
युनाइटेडका पल पोग्बा ८९ औं मिनेटमा रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए । उनले २६ औं मिनेटमा पहिलो पहेलो कार्ड खाएका थिए । च्याम्पियन्स लिगको राउण्ड अफ १६ अन्तर्गत भएको खेलको पहिलो लिगमा युनाइटेडविरुद्ध जित निकाल्दै पिएसजीले अर्को चरणमा जाने आफ्नो सम्भावनालाई प्रवल बनाएको छ भने लिगको अर्को खेलमा आफ्ना निकै मत्वपुर्ण खेलाडीबिनानै मैदान उत्रिनुपर्ने बाध्यता युनाइटेडलाई रहने छ ।
यी दुईबीच लिगको दोस्रो खेल ७ मार्चमा पिएसजीको घरेलु मैदानमा हुनेछ ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :