खानेपानी आयोजना निर्माण सम्पन्न
गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–१ निवेलमा करीब रु ६० लाख लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले विनियोजन गरेको बजेटअन्तर्गत प्रदेशमै प्रदेश सरकारको लगानीमा निवेल खानेपानी आयोजना निर्माण सम्पन्न भएको हो ।
कूल रु ५९ लाख ५३ हजार ४२ को लागतमा निर्माण सम्पन्न भएको आयोजनाबाट भीमसेन थापा गाउँपालिका निवेलका–४५ घरपरिवारले स्वच्छ खानेपानीको सुविधा पाएका छन् । उक्त आयोजना सम्झौता भएको करीब तीन महीनामा नै निर्माण सम्पन्न भएको मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहठ्ठाले जानकारी दिए ।
मन्त्रालयले करीब रु ९४ लाख ६८ हजार रकम लागत अनुमान गरेको भए पनि स्थानीय उपभोक्ता समितिको श्रमदानसहित अनुमान गरिएको भन्दा कम खर्चमा आयोजना सम्पन्न भएको उनले बताए । उक्त आयोजनामा उपभोक्ता समितिले रु १२ लाख १२ हजार बराबरको श्रमदान गरेको आयोजनाका इञ्जिनीयर इन्द्र प्रताप बोहोराले जानकारी दिए।
स्थानीय चिउरीगैरास्थित सुपुङ्गे खोलाको मुहानदेखि डेढ किलोमिटर दूरीबाट ल्याइएको पानी ट्याङ्कीमा सङ्कलन गरी वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष पदमबहादुर बाँनियाले जानकारी दिए । पानी वितरणका लागि ३५ हजार लिटर क्षमताको ट्याङ्की निर्माण गरिएको र सबै घरमा धारा बनाई पानी वितरण गरेको उनको भनाइ छ ।
विसं २०७२ वैसाख १२ गतेको बिनासकारी भूकम्पले यसअघिको आयोजनामा पूर्णरुपमा क्षति पुर्याइएपछि त्यहाँका स्थानीयवासीले खानेपानीको समस्या भोग्दै आएका थिए ।
February 13, 2019 11:01 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी