सुत्केरी आमालाई भत्ता वितरण
भरतपुर । नवलपुरको गैँडाकोट नगरपालिकाले छ महीनामा ८१ सुत्केरी आमालाई भत्ता दिएको छ । नगरपालिकाले नगरभित्रका सुत्केरी आमालाई रु तीन हजारका दरले भत्ता प्रदान गरेको हो । ‘सुत्केरी आमा पोषिलो खाना’ कार्यक्रमअन्तर्गत नगरपालिकाले सुत्केरी आमालाई प्रोत्साहनस्वरुप रु तीन हजार प्रदान गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले जानकारी दिए ।
नगरपालिकाभित्रका बर्थिङ सेन्टरमा नियमित स्वास्थ्य परीक्षण गरेका र सुत्केरी भएका आमालाई मात्र भत्ता उपलब्ध गराएको आचार्यले बताए । नगरपालिकाभित्र गैँडाकोट र पितौजीमा दुई मात्र बर्थिङ सेन्टर सञ्चालनमा छन्।रतनपुर र अमरापुरीमा वर्थिङ सेन्टर सञ्चालनको तयारी छ ।
भरतपुरका सुविधासम्पन्न अस्पताल नजिकै भएका कारण अधिकांश महिला सुत्केरीका लागि भरतपुर जाने गरेका छन् । तर नगरपालिकाको सुत्केरी भत्ता कार्यक्रमबाट निम्नवर्गीय र ग्रामीण इलाकाका नागरिक लाभान्वित भएको गैँडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले बताए। कार्यक्रम सञ्चालनपछि नियमित स्वास्थ्य जाँच गराउने बढेको उनको भनाइ छ ।
यस कार्यक्रमले घरमा सुत्केरी गराउनेलाई निरुत्साहित गराउने र महिलाको पोषण अवस्था सुधारमा समेत सहयोग पुगेको नगरप्रमुख पौडेलले बताए ।
February 13, 2019 11:07 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग