Monday 16th March 2026

स्वास्थ्यअवस्था बिग्रिएपछि सोनु निगम दोस्रो पटक अस्पताल भर्ना

7 years अगाडी

काठमाडौं, फागुन २ । बलिउडका चर्चित गायक सोनु निगमको आँखामा भएको एलर्जी बढेको छ । जसका कारण सोनु निगम फेरि अस्पताल भर्ना भएका छन् ।

साथै सोनु निगमका भारतको मुम्बईमा हुने भनिएका सबै इभेन्टहरु रद्द गरिएका छन् । एक हप्ता अघि गायक सोनु निगमले उनको सामाजिक सञ्जालमार्फत सी फूडका कारण उनको स्वास्थ्य बिग्रिएको भन्दै तस्बिर सार्वजनिक गरेका थिए ।

फेब्रुअरी ६ मा निगमले उनको इन्स्टाग्राम अकाउन्टमार्फत २ वटा फोटो शेयर गरेका थिए । तस्बिरमा उनको एउटा आँखा सुन्निएको थियो भने अर्को तस्बिरमा उनी अक्सिजन माक्स लगाएका थिए ।

त्यही दिन अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका सोनुको बुधबार फेरि स्वास्थ्य बिग्रिएको हो । उनी फेरि अस्पताल भर्ना भएका छन् ।

          February 14, 2019 12:10 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...