Monday 16th March 2026

सरकारले खोल्यो पानी जहाज कार्यालय, प्रधानमन्त्रीले गरे उद्घाटन

7 years अगाडी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार नेपाल पानीजहाज कार्यालयको उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले एकान्तकुनामा स्थापना गरिएको कार्यालय उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश पानी जहाजको युगमा प्रवेश गरेको दावी गरे । उनले भने, ‘नेपालको राष्ट्रिय ध्वजा बाहक पानी जहाज छिट्टै चल्छ ।’

उनले पानी जहाज कार्यालय जागीर खुवाउनका लागि नभई देशलाई एक कदम अघि बढाउनका लागि खुलेको स्पष्ट पारे । कार्यक्रममा भौतिक योजना तथा पूर्वाधार मन्त्री रघुवीर महासेठले प्रधानमन्त्रीको निर्देशनमा कार्यालय स्थापना गरिएको र छिट्टै राष्ट्रिय झण्डा राखेर पानी जहाज कुदाउने बताए ।

          February 14, 2019 1:25 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...