Sunday 6th July 2025

सारा अली खानले किन छाडिन् आमाको घर ? घरबाट निस्किँदै गरेको फोटो भाइरल

6 years अगाडी

मुम्बई। आफ्ना सुरुवाती दुई फिल्म हिट भएर चर्चामा आएकी बलिवुड नायिका सारा अली खान अन्य बिभिन्न कारणबाट कारणबाट पनि चर्चामा आउने गर्छिन्। अहिले साराको यस्तै एक तस्वीर बाहिर आएको छ।

तस्वीरमा उनले आफ्नो सामान कारको डिक्कीमा राखेको देखिएको छ। खबर अनुसार साराले आफ्नी आमा अमृता सिंहको घर छाडेकी छन्। अमृता सिंहको घर बाहिर उनले कारमा सामान राखिरहेको तस्वीरमा देखिएको छ।

आजभोली बलिवुडमा स्टार किड्सहरु आफ्नो परिवारसँग टाडा रहनु एक ट्रेंड नै बनेको छ। यस्तै साराले पनि आफ्नो परिवारसँग अलग र स्वतन्त्र रहन चाहेको भन्ने खबर आएको छ। उनीहरु आमाछोरीको बीचमा कुनै मनमुटाव नरहेको पनि बताइएको छ। उनले कारमा आफ्नो सामान राखिरहेको तस्वीर अहिले भाइरल भइरहेको छ।

साराले अभिषेक कपुरको फिल्म ‘केदारनाथ’बाट बलिवुडमा डेब्यू गरेकी थिइन्। त्यसपछि उनले रणवीर सिंहसँग सिम्बामा काम गरेकी थिईन्। उनका दुईओटै फिल्म बक्स अफिसमा सफल भएका थिए।

          February 14, 2019 1:41 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...