आजबाट चलचित्र ‘बुलबुल’ प्रदर्शनमा भिडियो सहित
काठमाण्डौ – फ्राइडे रिलिजअन्तर्गत आजबाट नेपाली चलचित्र ‘बुलबुल’ प्रदर्शनमा आएको छ । निर्माण युनिटले चलचित्र प्रचारका लागि नयाँ–नयाँ शैली अपनाएको थियो । फ्ल्यासमोब शैलीमा देशका ५ ठूला सहरबाट पहिलो गीत सार्वजनिक गरेर रचनात्मक प्रचारको थालनी गरेको निर्माण समूहले त्यसपछि सार्वजनिक दुई टिजरमा चलचित्रका धेरै दृश्य नदेखाई एउटै दृश्यबाट चलचित्रका दुई मुख्य पात्रलाई दर्शकसामु प्रस्तुत गरिएकाे थियो ।
चलचित्र‘बुलबुल’बाट नै अभिनेता मुकुन भुषालले चलचित्र क्षेत्रमा डेब्यू गरेका थिए । उनी चलचित्रमा चोपेन्द्र नामको पात्रका रुपमा प्रस्तुत भएका छन् । फरक प्रचार शैलीलाई निरन्तरता दिँदै निर्माण टिमले स्वस्तिमालाई एउटै फ्रेममा फरक रुपमा प्रस्तुत गरेको थियो । स्वस्तिमाले आफ्नै चलचित्रमा रनकला बनेकी स्वस्तिमासँग अन्तर्वार्ता लिएको प्रचार सामग्रीलाई दर्शकले रुचाएका थिए ।
चलचित्रको निर्देशन विनोद पौडेलले गरेका हुन् । ‘साँघुरो’का लेखकसमेत रहेका पौडेलको यो डेब्यू निर्देशन हो । चलचित्र‘बुलबुल’ ले टेम्पो चालक महिलाको दैनिकीलाई पर्दामा प्रस्तुत गरेको छ । चलचित्रमा स्वस्तिमा खड्काले टेम्पो चालकको भूमिका निर्वाह गरेकी छिन् । उनले एक महिनाभन्दा बढी समय दिएर टेम्पो चलाउन सिकेकी थिइन् ।
चलचित्रमा बुद्धि तामाङ, मुकुन भुसाल, उज्ज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, एलिना कार्की आदि कलाकारको अभिनय रहेको छ । सुसन प्रजापतिको छायांकन रहेको चलचित्रलाई विनोद पौडेलले लेखेका हुन् । चलचित्रलाई पुरुषोत्तम पाण्डे, अबिरल थापा, भिम थापा र राजु पौडल मिलेर बनाएका हुन् । रामराजा दाहाल चलचित्रका कार्यकारी निर्माता हुन् ।
February 15, 2019 11:47 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर