महायज्ञमा रु दुई करोड बढी रकम सङ्कलन
कावासोती। विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले नवलपरासीको कावासोतीस्थित जनता माध्यमिक विद्यालयमा सञ्चालन गरिएको महायज्ञमा रु दुई करोड बढी रकम सङ्कलन भएको छ ।
नौ दिनसम्म चलेको महायज्ञमा रु एक करोड ३५ लाख ६५ हजार बराबर नगद सङ्कलन भएको छ । करीब रु ७० लाख बराबरको भूमिदान प्राप्त भएको आर्थिक समिति संयोजक यमबहादुर थापाले जानकारी दिए । ग्रामीण क्षेत्रका विद्यार्थीले आफ्नै ठाउँमा प्राविधिक शिक्षा पढ्न सकून भन्ने उद्देश्यले विद्यालयले श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ आयोजना गरेको थियो ।
ग्रामीण क्षेत्रका विपन्न समुदायका विद्यार्थी खर्च अभावका कारण प्राविधिक शिक्षा पढ्नबाट वञ्चित हुनु नपरोस् र अन्य विद्यार्थी पनि अन्यत्र धाउन नपरोस् भनेर महायज्ञको आयोजना गरिएको महायज्ञ मूल आयोजक समितिका संयोजक होमनाथ सुवेदीले बताए ।
विद्यालयमा कावासोती नगरपालिकासहित हुप्सेकोट गाउँपालिकाका विद्यार्थी अध्ययन गर्दै आएका छन् । विद्यालयमा ६६४ जना विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक घनश्याम भुसालले जानकारी दिए ।
February 15, 2019 12:57 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी