बलिउड सुन्दरीको असफल प्रेम कहानी
भारतीय चलचित्र क्षेत्रका नायिकाहरु आफ्नै कारण चर्चामा रहने गरेका छन् । उनिहरुको अभिनयकला र
सुन्दरताको मात्रै नभएर व्यक्तित्वका बारेमा समेत चर्चा चुलिने गरेको छ । अझ पछिल्लो समयमा आज बलिउड क्षेत्रका चल्तीमा रहेका नायिकाहरुको चर्चा गर्नेछौ ।
शिल्पा सेट्टी – शिल्पा सेट्टीले १९९३ मा ‘बाजीगर’बाट फिल्मी क्षेत्रमा कदम राखेकी थिइन् । फिल्मकै सिलसिलामा उनको भेट अक्षय कुमारसँग भयो । दुवै पहिलोपटक ‘मै खिलाडी तु अनाडी’ मा देखिए । फिल्म हिट भयो । यसपछि यो सुपरहिट जोडी ‘धड्कन’, ‘जानवर’ र ‘इन्साफ द फाइनल जस्टिस’ मा देखिए ।
लामो समयसम्म सँगै काम गरेपछि दुवै प्रेममा परे । दुवैले इंगेजमेन्टसम्म गरे । तर, अक्षय कुमार पछि हटेका कारण विवाह भने सम्भव भएन ।
करिश्मा कपुर – ९० को दशककी हिट अभिनेत्री करिश्मा कपुर अजय देवगणसँग गहिरो प्रेममा थिइन् । अजयसँग विवाह गर्न चाहन्थिन् । यो जोडी फिल्म ‘जिगर’, ‘धनवान’, ‘संग्राम’, ‘सुहाग’ ‘शक्तिमान’ फिल्ममा देखिए । त्यही समय अजय र रविना टन्डनको प्रेमप्रसंग बाहिर आयो ।
अनि करिश्माको प्रेम अधुरै रह्यो । अजय र रविना टन्डन फिल्म दिलवालेबाट नजिक भएका थिए । तर, उनीहरूको प्रेम पनि सफल भएन ।
रेखा -७० को दशककी सुन्दर अभिनेत्री रेखाको नाम यस्ता अभागी अभिनेत्रीमा पर्छ, जो अहिलेसम्म चर्चाको विषय बनेको छ । रेखा र अमिताभको प्रेमसम्बन्ध त हिन्दी सिनेमाको सबैभन्दा ठूलो प्रेमकहानी हो ।
जब अमिताभ र रेखा एक–अर्कासँग नजिक भए, त्योभन्दा अगाडि नै अमिताभले जया भादुडीसँग विवाह गरिसकेका थिए । रेखाले अमिताभको नामको सिन्दूरसम्म हालेको किस्सा पनि बलिउडमा हिट छ ।
सोनाली बेन्द्रे- ९० को दशककी सुन्दर अभिनेत्री सोनाली बेन्द्रे अभिनेता सुनील सेट्टीसँग प्रेममा थिइन् । यी दुईको भेट १९९४ मा आएको फिल्म ‘टक्कर’ को सुटिङका क्रममा भएको थियो । पछि यो जोडीले ‘गद्दार’, ‘सपूत’, ‘भाइ’, ‘कहर’, ‘हम से बढकर कौन’ र ‘रक्षक’ जस्ता हिट फिल्म दियो ।
फिल्मी यात्राका क्रममा सोनाली र सुनील प्रेममा परे । दुवैको विवाहको कुरा पनि चलेको थियो । तर, सुनील पहिले नै विवाहित थिए । यही कारण सुनील पछि हटे । सोनालीको प्रेम अधुरै रह्यो ।
February 15, 2019 2:25 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर