

यी पाँच नेपाली नायिका जसले चलचित्रकर्मीलाई नै आफ्नाे जोडी बनाए

चलचित्र क्षेत्रमा धेरै यस्ता नायिकाहरु छन्,जसले रिल लाइफमा मात्र नभएर रियल लाइफमै चलचित्रकर्मीलाई आफ्नो जोडी बनाएका छन् । आज प्रणय दिवस विशेष अन्तर्गत हामी यी ५ नायिकाका रियल जोडीको चर्चा गर्दैछौँ ।
झरना थापा र सुनिलकुमार थापा : नयिका झरना थापाका रियल जोडी हुन् निर्माता सुनिलकुमार थापा । उनी चलचित्र निर्माताका साथै व्यापारी पनि हुन् । उनीहरुले चलचित्र क्षेत्रमा सहयात्रा गरेको करिब २ दशक पूरा भइसकेको छ ।उनीहरुले करिब ३ महिनाको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए । सुनिल झरनाको हात माग्न जाँदा अभिभावकले उनीहरुको सम्बन्धलाई अस्वीकार गरेपछि उनीहरुले भागी विवाह गरेका थिए ।
नायिका झरना थापालाई चलचित्र निर्देशनका निम्ति अभिप्रेरित पनि उनकै श्रीमान सुनिलकुमार थापाले नै गरेका थिए । झरनाले निर्देशन गरेको चलचित्र ए मेरो हजुर २ ले दर्शकको राम्रो साथ पाउन सफल भएको थियो । उनकै निर्देशनमा चलचित्र ए मेरो हजुर ३ पनि निर्माण भइरहेको छ । जसमा निर्देशक झरना र निर्माता सुनिलकुमार थापाकै छोरी सुहाना थापाले डेब्यु गरेकी छिन् ।
स्वस्तिमा खड्का र निश्चल बस्नेत : चलचित्र क्षेत्रका अर्का रियल जोडी हुन् स्वस्तिमा खड्का र निश्चल बस्नेत । उनीहरुलाई धेरैले राष्ट्रिय दाजु भाउजुको दर्जा समेत दिएका थिए । निश्चलले निर्देशन गरेको चलचित्र लुट ले त्यो समयमा नेपाली चलचित्र इतिहासकै सबैभन्दा धेरै व्यापार गर्न सफल भएको थियो ।
निश्चलले निर्देशन, गायन, नृत्य लगायतका विधामा काम गरेका छन् । निश्चल र स्वस्तिमाले केही समयको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए । निश्चललाई विवाहका निम्ति घर परिवारबाट दवाव आइरहन्थ्यो । निश्चल र स्वस्तिमाको फेसबुकमा सामान्य कुरा भइरहन्थ्यो । उनिहरुलाई एक अर्काको जोडी बनाउनमा निश्चलकी भतिजीको ठूलो हात रहेको छ ।
उनले दुवै पक्षका कुरा दुवै पक्षमा पुर्याउने गर्थिन् । समान्य कुराकानी, सामान्य भेटघाट हुँदाहँुदै उनीहरुले एक अर्कालाई प्रेमी पे्रमीकाका रुपमा परिणत गरे । त्यसको केही समयपछि नै उनीहरुले लगनगाँठो कसेका थिए ।
दिपिका प्रसाईँ र दिवाकर भट्टराई : चलचित्र वृत्तको अर्को रियल जोडी हुन् नायिका दिपिका प्रसाईँ र निर्देशक दिवाकर भट्टराई ।
उनीहरुले केही समय अघि मात्र कानुनी रुपमा विवाह गरेका थिए । दिपिका प्रसाईँलाई चलचित्रक्षेत्रमा दिवाकरले नै ल्याएका थिए । दिपिकाले चलचित्र ऐश्वर्य बाट चलचित्रक्षेत्रमा डेब्यु गरेकी थिइन् ।
त्यसै समयदेखि नै उनीहरु प्रेम सम्बन्धमा रहेको चर्चा थियो । नयिका दिपका प्रसाईँ अभिनित चलचित्र छक्का पञ्जा ३ ले चलचित्र इतिहासकै सबैभन्दा धेरै व्यापार गर्न सफल भएको थियो । यता दिवाकर भट्टराई निर्देशित चलचित्र क्याप्टेन प्रदर्शनको तयारीमा रहेको छ ।
आयुष्मान देशराज जोशी र प्रियंका कार्की : चलचित्रक्षेत्रको अर्को रियल जोडी हो आयुष्मान देशराज जोशी र प्रियंका कार्कीको । यो जोडी समय समयमा विभिन्न कारणले चर्चामा आइरहन्छ ।
यो जोडीले पनि टिकाटालो गरिसकेको छ । प्रियंकाले आयुष्मानसँग दोस्रो विवाह गर्न लागेकी हुन् । प्रियंकासँग सम्बन्ध जोडिनुअघि आयुष्मान पनि नायिका परमिता आर एल राणासँगको प्रेममा थिए ।
वर्षा राउत र सञ्जाेग कोइराला : खुल्ला प्रेममा रमाएको अर्को जोडी हो नायिका वर्षा राउत र सञ्जाेग कोइरालाको जोडी ।उनीहरु करिब ८ वर्ष देखि नै एक अर्काको प्रेममा थिए । उनीहरुले पहिलेदेखि नै संयुक्त रुपमा व्यापार समेत गर्दै आएका छन् ।
यो रियल जोडीले लामो समयदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका छन् । उनीहरुले फाल्गुण २ गते अर्थात आजकै दिन लगनगाँठो कसेका छन् ।
February 16, 2019 11:26 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

महिला एशियन कप छनोट : निर्णायक खेलमा नेपाल उस्वेकिस्तानसँग पराजित

अमेरिकाकाे टेक्सासमा बाढी : २४ जनाकाे ज्यान गयाे, ४५ मिनेटमै ग्वाडालुपे नदीको सतह २६ फिटले बढ्याे

ग्लोबल आईएमई क्यापिटलले ‘समुन्नत योजना २’ इकाइ सार्वजनिक निष्काशनमा ल्याउँदै

स्व. बिमला सार्किको शव नेपाल पठाउन प्रवासी नेपाली मञ्चको सहयोग

माओवादिमा रहदा बम र बारुदसंग खेलेका विप्लव अचेल माटो संग खेल्छन

देउवासँग कोइरालाले मागे ओलीलाई प्रधानमन्त्री बनाउनुको चित्तबुझ्दो जवाफ

साँझबिहान इँटा सुकाउन ओल्टाइपल्टाइ गरेर गोमाले ल्याइन् ४ जिपिए, भन्छिन्: डाक्टर बन्ने चाहना छ

निर्वाचन समितिद्वारा एनसीसी कुवेतको नवाैं अधिवेशनका लागि आचारसंहिता र निर्वाचन कार्यतालिका सार्वजनिक

