Monday 16th March 2026

भक्तपुरमा ट्रकको ठक्करबाट एकको मृत्यु

7 years अगाडी

भक्तपुर । भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा ५ ख ४३१७ नं को ट्रकले आज ठक्कर दिँदा सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने ६२ वर्षीय मिथिलेशप्रसाद उपाध्यायको मृत्यु भएको छ ।

मध्यपुरथिमिको चारदोबाटोमा बाटो काट्दै गर्दा ट्रकले ठक्कर दिँटदा उनको मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमीका प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिए ।

ठक्कर दिई फरार भएको ट्रकलाई प्रहरीले सल्लाघारीस्थित सृजनानगरबाट नियन्त्रणमा लिए पनि चालक भने फरार छन् ।

          February 16, 2019 12:08 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...