राम्रो निद्राका लागि शरीरको तापक्रमअनुसार बदलिने ओछ्यान
एजेन्सी, ४ फागुन । अमेरिकी कम्पनी एट स्लीपले ‘द पोड’ नामक स्मार्ट ओछ्यान सार्वजनिक गरेको छ । यसले प्रयोगकर्ता राम्रो निन्द्राको लागि आवश्यकताअनुसार तापक्रम बदल्न सक्छ ।
राति जब शरीरको तापक्रम बदलिन्छ, तब ओछ्यानले पनि आवश्यकताअनुसार तापक्रम बदल्छ । उक्त ओछ्यानले आफ्नो एआई र बायोफिडब्याक सेन्सर्समार्फत् ५५ डिग्री फरेनहिटदेखि ११५ डिग्री फरेनहिटको बीच उपयुक्त तापमान निर्धारण गर्दछ ।
यसको मूल्य सवा दुई लाख नेपाली हाराहारी पर्ने कम्पनीले जनाएको छ । यस्तो ओछ्यानलाई स्मार्ट होम प्रोडक्ट अमेजन एलेक्सा र फिलिप्स लाइट बल्बबाट पनि जोड्न सकिन्छ ।
जब तापक्रम बढ्न थाल्छ, यो ओछ्यानमा थर्मल घण्टीले चिसो बढाउन थाल्छ । ओछ्यानको हरेक भागमा फरक फरक तापक्रम मिलाइएको हुन्छ । यसले गर्दा शरीरलाई जति तापक्रम चाहिन्छ, त्यति नै प्राप्त गर्दै आरामदायी निद्रा पाउन सकिन्छ ।
ओछ्यानमा वाइफाइ र उपकरण पनि जोडिएकोले यसले कम्प्युटरजस्तै काम पनि गर्छ । उपकरणलाई ओछ्यानसँगै भएको पानी ट्यांकीसँग पनि जोडिएको हुन्छ । जसले तापक्रम मिलाउन सहयोग गर्छ ।
कम्पनीका सीइओ मेटिओका अनुसार राति शरीरको तापक्रममा परिवर्तन आइरहन्छ । यस्तो अवस्थामा ओछ्यानसँग शरीरको स्पर्शसँगै यसले तापक्रम मिलाउन सुरु गरिहाल्छ ।
February 16, 2019 2:38 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव