चट्याङ लागेर एकजनाको मृत्यु, दुईजना गम्भीर घाइते
7 years अगाडी
Susma Dhakal
अर्घाखाँची – मालारानी गाउँपालिकामा शनिबार राति चट्याङ लागेर एक जनाको ज्यान गएको छ । दुईजना गम्भीर घाइते भएका छन् ।
मालारानी गाउँपालिका– ८ हंसपुरको बिजुरेमा चट्याङ लागेर स्थानीय २६ वर्षीय बाबुराम अधिकारीको ज्यान गएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक नवराज मल्लले जानकारी दिनुभयो ।
चट्याङ लागेर अचेत अवस्थामा रहेका अधिकारीको उपचारको लागि जिल्ला अस्पताल सन्धिखर्क ल्याउँदै गर्दा बाटोमै निधन भएको हो । घाइते २ जनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भैरहेको छ ।
यस्तै, चट्याङ लागेर मालारानी–९ को गोखुंगामा स्थानीय कविराम पौडेलको दुईवटा बाख्रा मरेको स्थानीय इन्द्र रेग्मीले जानकारी दिनुभयो ।
February 17, 2019 11:53 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
Loading...