यौनकर्मीको लागि खुसिको खबर ! नेपाल मा अब यौनकर्मीलाई परिचयपत्र दिएर कर लिने !
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यौन व्यवसायलाई व्यवस्थित बनाउन यौनकर्मीलाई परिचयपत्रको व्यवस्था गर्नुपर्ने बताएका छन् । होटल संघ नेपालले मंगलबार पोखरामा गरेको कार्यक्रममा उनले कि ‘रेडलाइट एरिया’ हुनुपर्ने या त परिचयपत्रको व्यवस्था गर्नुपर्ने उपाए सुझाए ।
‘जति रोक्न खोजेपनि भित्रभित्र धन्दा भइरहेकै छ,’ उनले भने, ‘बरु धन्दा गर्नेलाई परिचयपत्र दिएर व्यवस्थित बनाऔं ।’ लुकेर धन्दा चलिरहँदा केही निश्चित मान्छेले मात्रै फाइदा लिइरहेको उनको दाबी थियो ।प्ररिचयपत्रको व्यवस्था गरे थोरे थोरै कर पनि संकलन गर्न सकिने उनले जनाए । ‘परिचयपत्र हुने हो भने यहाँको होटल व्यवसाय अझै फस्टिने मौका पाउँछ,’ उनले भने, ‘यसो गर्दा उपयुक्त हुन्छ कि ?’
परिचयपत्रको व्यवस्था भए प्रहरीले होटलमा छापा मारिरहने झन्झट बेहोर्नुनपर्ने उनको धारणा थियो । उनले भने, ‘पाहुनाले होटलमा लैजाने यौनकर्मीको परिचयपत्रको आधारमा नाम दर्ता गर्ने हो भने प्रहरीले दु:ख दिइरहन पर्दैन ।’विभिन्न जिल्लाबाट कर्मचारी पोखरा आउने क्रममा सरकारी अतिथिगृहमा नबसी लेकसाइड जाने गरेको प्रसंग उनले सुनाए । ‘हाम्रै कर्मचारी पनि बिदा मनाउन आउँदा क्वार्टरमा बस्दैनन्,’ उनले सुनाए, ‘लेकसाइड जाने कारण त्यही रहेछ ।’
कर्मचारी बिदा मनाउन आउँदा यौनकर्मी खोज्दै लेकसाइड जाने गरेको उनको आसय थियो । यौन व्यवसायलाई व्यवस्थित गर्न खुला दिलले छलफल गर्नुपर्ने बेला आएको उनले उल्लेख गरे । होटल संघले ‘नेपालको पर्यटकीय राजधानी पोखरा तथा दक्षिण एसियाको पर्यटन प्रवेशद्वार’ विषयक अन्तरक्रिया आयोजना गरेको थियो ।
February 17, 2019 12:31 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी