विवाह गरेको दुई महिना नबित्दै प्रियंकालाई प्रश्न बच्चा कति छन्?
एजेन्सी। बलिउड अभिनेत्री प्रियंका चोपडाले डिसेम्बर २०१८ मा अमेरिकी गायक निक जोनाससँग विवाह गरिन्। त्यसपछि नै उमेर अन्तरका विषयमा प्रियंकालाई सामाजिक संजालमा निशाना साध्न थालिएको छ। केही दिन अगाडि एक अन्तर्वाताका क्रममा प्रियंकाले आफ्नो निजी जीवनसँग सम्बन्धित प्रश्नको जवाफ दिएकी छन्।
जुन उत्तरलाई गूगलमा सबैभन्दा धेरै खोजिएको छ। यद्यपी यो क्रममा केही अबियस प्रश्न पनि सोधिएको थियो। तर प्रियंकाले एक एक प्रश्नको कडा जवाफ दिएकी थिइन्। प्रियंकासँग उनी र निक जोनासबीचको उमेरको अन्तरका विषयमा पनि प्रश्न सोधिएको थियो। उक्त प्रश्नको जवाफमा प्रियंकाले भनिन्, ‘हो म निक भन्दा दश वर्ष जेठी छु।’
त्यसपछि प्रियंकालाई धर्मका विषयमा पनि प्रश्न सोधियो। उनलाई के तपाइँ धर्मले हिन्दी हुनुहुन्छ भन्ने प्रश्न सोधियो। जवाफमा प्रियंकाले भनिन्, ‘हिन्दी एक भाषा हो र म धर्मले हिन्दू हो।’ उनलाई फेरि अर्को प्रश्न गरियो। के तपाइँका बच्चा छन्? जवाफमा उनले भनिन्, ‘अहिले मेरा बच्चा छैनन् । तर एउटा बच्चा मलाइ चाहिन्छ।’
February 17, 2019 12:48 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर