प्रादेशिक मनोरुण्णालय ठाणे द्वारा मनकामना एकता फाउन्डेसन सम्मानित
शिव /सन्तोष , मुम्बई भारतको मुम्बई मिरा भायन्दर स्थित मनकामना एकता फाउन्डेसनले विभिन्न समयमा सामाजिक , सास्कृतिक र धार्मिक कार्यहरुको साथै आपत बिपतमा परेका प्रवासिहरु को उद्दार पनि गरेको छ । साथै आर्थिक अवस्था कमजोर र एक्लोपन भएका बिरामिहरुलाई पनि सहयोग गर्दै आएको छ ।
सेप्टेम्बर २०१८ मा पनि सुर्योदय नगरपालिका १३ लक्ष्मिपुर इलाम का ३४ बर्षिय इन्द्रमणी ढुंगाना लाई उद्दार गरेर उहाको घरसम्म पुर्याउन फाउन्डेसन को तर्फबाट श्री शालिग्राम तिवारी र श्री सन्तोष भट्टराई गएका थिए ।
त्यस्तै प्रादेशिक मनोरोगी ठाणे अस्पतालमा पनि फाउन्डेसन ले बि पि अपरेटर मसिन , वजन काटा , क्यारेम बोर्ड इत्यादी अस्पताल मा उपयोगी सामान हरु डोनेसन गरेको थियो । अस्पताल ले एउटा कार्यक्रम बिच फाउन्डेसन लाई नेपच्युन फाउन्डेसन का अध्यक्ष ” एडभोकेट ” श्री एम एन देशमुख को हातद्वारा सम्मान गरेको थियो ।
फाउन्डेसन का टिमहरुको लगाव , मिहिनेत र सकारात्मक सोचाइ ले गर्दा आज छोटो अवधिमै फाउन्डेसन ले राम्रा कदमहरु मा पाइला चालेको भन्दै समस्त फाउन्डेसनका मेम्बरहरुलाई बधाइ दिनु भयो ।
सम्मानको कुनै कमि छैन । जस्का पारदर्शी उदाहरण हरु थुप्रै छन । मनकामना एकता फाउन्डेसन ले गरेका कार्यहरु सर्हानिय छन ।जुन यिनै शिल्ड र मेडल हरु प्रमाण छन । छोटो अवधी भित्रै राम्रा कार्यहरु गरेर अगाडी बढेको फाउन्डेसन ले अरु प्रवासी संघ सस्था हरुलाइ पनि अग्रसर भएर कार्य गर्नको लागि प्रेरित गर्दैछ ।
यो सबै प्रवासिहरुको साथ र समर्थन विना असम्भव छ र अग्रिम पाइलाहरुको लागि टिम लगायत प्रवासी मनहरुको आवस्यक र सपोर्ट जरुरत भएको बताउनु भयो ।
आज रुग्णालयमा भब्य रुपमा गरिएको कार्यक्रम मा विभिन्न सामाजिक संघसस्था , सामाजिक कार्यकर्ता , ट्रस्टहरु , फाउन्डेसन र बिशिस्ट अतिथिहरुको बिचमा मनकामना एकता फाउन्डेसनलाई हजारौको बिचमा सम्मान गरेको थियो ।
सस्था अझ बलियो हुँदै जावोस र सस्थाले अझ थप राम्रो कार्यहरु गर्दै जावोस भन्दै प्रादेशिक मनोरुग्णालय ठाणे का अध्यक्ष डा. सन्जय बोडाडे र उप सन्चालक डा. गौरी राठोड ले सस्था को उत्तरोत्तर प्रगतिको कामना पनि गर्नु भयो ।
February 19, 2019 11:24 am | प्रवास