बेलायतबाट भागेर आईएस लडाकू बनेकी किशाेरीले जन्माइन् बच्चा, फर्किन चाहन्छिन् आफ्नै घर
सिरियामा इस्लामिक स्टेटमा भर्ती हुनका लागि सन् २०१५ मा बेलातयतबाट भागेकी बंगलादेश मूलकी एक गर्भवती युवतीले बच्चा जन्माएकी छिन् । तर आफ्नो छोराको सुरक्षाको लागि उनी बेलायत फर्किन चाहन्छिन् । सन् २०१५ मा उनी १५ वर्षकी उनी बेलायतकै एक विद्यालयमा पढ्दै थिइन् । त्यती बेला नै भागेर सिरियाको आईएसमा भर्ती हुन गइन् । शामिमा बेगम अहिले १९ वर्षकी भइन् ।
युद्धको सूचना दिने एक संवाददाताले शरणार्थी शिविरमा उनलाई भेटाएको थियो र उनी त्यो अवस्थामा गर्भवती थिइन् । र आफ्नो बच्चाको सुरक्षाको लागि उनले आफू घर फर्किन चाहेको बताएकी थिइन् । उनी युद्ध क्षेत्रबाट बाहिरिनको लागि प्रयत्नशिल थिइन्, तर निस्किन सकिरहेकी थिइनन् । अहिले पनि उनी शरणार्थी शिविरमै छिन् । उनको परिवारको वकिलले वयान जारी गर्दै शामिमाले शनिबार छोरालाई जन्म दिएको र आमाछोरा दुवै सकुशल भएको बताएका छन् ।
परिवारको वकिल मोहम्मद तस्निम अकुन्जीले योभन्दा पहिला पनि शामिमाले दुई बच्चालाई जन्म दिइसकेको र दुवैकाे मृत्यु भएको तर यो बच्चालाई लिएर उनका परिवार चिन्तित बनेको, जसरी भए पनि बचाउन चाहेको बताएका छन् । उनले भनेका छन्, ‘बच्चालाई कुनै खतरा छैन र कानुनी रुपमा शामिमा बेगमलाई बेलायत फिर्ता आउन दिनुपर्छ ।
बेलायतका संस्कृति मन्त्री जेरेमी राइटले यसको बारेमा आफ्नो विचार राखेका छन्, ‘उनलाई फर्केर बेलायत आउन त ठीक हुन्छ तर उनले यहाँ आएर आफूले अहिललेसम्म गरेका कार्यको जिम्मेवारी लिनुपर्ने हुन्छ ।’ बेलायतबाट भागेर आईएस लडाकू बनेकी गर्भवती किशोरी घर फर्किन चाहन्छिन् ! जिहादी बेहुली ती महिलालाई भनिन्छ जसले आफूबाट जन्मेको बच्चाले यस लडाइँलाई अगाडि बढाउन सकोस् भनेर इस्लामी चरमपन्थीसँग विवाह गर्ने निर्णय गरेका हुन्छन् ।
February 19, 2019 11:48 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी