Monday 16th March 2026

पूर्व राजाले गरे राजनीतिक टिप्पणी, मुलुक कहालीलाग्दो अवस्थामा पुग्यो

7 years अगाडी

काठमाडौं ७ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाह राजनीतिक घटनाक्रमका बारेमा बोल्न थालेका छन् । उनले प्रजातन्त्र दिवसका अवसरमा आफ्नो भनाई राख्दै आम जनताले प्रजातन्त्रको अनुभूति गर्न नपाएको बताएका छन् । ६९ औं प्रजातान्त्रिक दिवसको अवसरमा सोमबार आम नेपालीप्रति शुभकामना व्यक्त गर्दै पूर्वराजा शाहले यस्तो बताएका हुन्

उनले जनताको हित, सुरक्षा र विकासको मुलभूत साधन प्रजातन्त्र भएपनि केही समयदेखि आफुले गरेको देशदर्शनका क्रममा जनतामा त्यो नपाएको बताएका छन् ।पूर्वराजा शाहले भनेका छन् ‘हामी र हाम्रा पूर्खाहरुको पुख्र्यौली आदर्श प्रजातन्त्र हो ।

सबै अटाउने प्रणाली, सबैको आस्थाको केन्द्र राष्ट्र बन्न नसकेसम्म प्रजातन्त्रले मूर्तरुप लिन सक्दैन । जनताको हित, सूरक्षा र विकासको मूलभुत साधन प्रजातन्त्र नै हो । देश दर्शनको क्रममा हामीले बोध गरे अनूरुप प्रजातन्त्रको त्यस्तो अनूभुति आम नेपालीमा छैन ।’

शाहले आम नागरिकमा राज्यका विभिन्न अंगप्रति नैराश्यता, वितृष्णा र अनभिज्ञता लामो समयसम्म रहिरहनू गम्भिर चिन्ताको विषय बनेको बताएका छन् ।

उनले पछिल्लो समयमा मुलुकको राष्ट्रियता समेत निकै कमजोर स्थितिमा पुगेको दाबी गरेका छन् । उनले सनातनिक धर्म, संस्कृति र आफ्नै मौलिक आदर्श र मान्यता समेत धर्मान्तरको प्रक्रियाबाट आक्रान्त हुनु मुलुकका लागि कहालीलाग्दो अवस्था भएको बताएका छन् ।

त्यस्तो जनअसहमत कार्यप्रति राज्यको ध्यान जानुपर्ने आफ्नो दृढ धारणा रहेको समेत पूर्वराजा शाहले स्पष्ट पारेका छन् । उनले आफ्ना जिजुबुबा श्री ५ त्रिभुवनले प्रजातन्त्रका लागि गरेको त्याग, उत्सर्ग र योगदानको स्मरण समेत गरेका छन् ।

          February 19, 2019 1:26 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...