Saturday 20th December 2025

६० बर्षिय आमा जीवनको भिख माग्दै, यो संसारमा कोहि छैन (भिडियो सहित)

7 years अगाडी

फुलमाया कार्कीले आफ्नो उपचारमा आर्थिक सहयोग गर्न सबैसँग आग्रह गरेकी छन् । ओखलढुंगाकी कार्कीले आफ्नो उपचारको लागि सहयोग गरिदिन सबैसँग आग्रह गरेकी हुन् । उनले उपचार सम्भव भएकाले सहयोग गर्न आह्वान गरेकी छन् ।

उनको देब्रे हालमा समस्या देखिएको छ । बिगत लामो समयदेखि हातमा समस्या देखिएपनि आर्थिक अभावमा उपचार गर्न नसकिएको उनले बताएकी छन् । उनी अहिले उपचारको लागि ओखलढुंगाबाट काठमाण्डौ आइपुगेकी छन् ।

फुलमायाको हातमा ट्युमर रहेको हुन सक्ने ज्योती राईले बताएकी छन् । अहिले फुलमाया काठमाण्डौको बुढानिलकण्ठमा रहेको ज्योती राईकै घरमा आश्रय लिएर बसेकी छन् । उनको उपचारमा अहिले ज्योतीको परिवारले आर्थिक सहयोग गरिरहेको छ ।

घर ओखलढुंगा भएपनि अहिले भने आफ्ना आफन्त कोही नभएको फुलमायाले गुनासो गरेकी छन् । १५ बर्षकै उमेरमा विवाह भएको भएपनि श्रीमान श्रीमतीबाट छोराछोरी नभएपछि उनी घरपरिवारको उपेक्षामा परेकी हुन् । उनको श्रीमानले अहिले दोस्रो विवाह गरेका छन् ।

‘ म माथी सौता ल्याएको चाँही थाहा छ’ उनले भनिन्, ‘तर अहिले श्रीमान कहाँ छन्, कस्तो अवस्थामा छन् ? त्यो भने अहिले थाहा छैन ।’ ज्योती राईले पनि उनको उपचारमा सहयोग गरिदिन सबैसँग आग्रह गरेकी छन् । आमाको हातमा के भयो यस्तो ? जीवनको भिख माग्दै मिडियामा, श्रीमानले छोडेपछि बेहाल…हेर्नुहोस् भिडियो

          February 19, 2019 3:06 pm | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...