नेपाल आएका चर्चित गायक सोनु निगम बिरामी, नर्भिक अस्पताल भर्ना
7 years अगाडी
Susma Dhakal
काठमाडौं। केही समयअघि मात्र गम्भीर एलर्जीका कारण अस्पतालको आइसीयुा भर्ना भएर उपचार गराइ फर्केका भारतीय चर्चित गायत सोनु निगम पुनः बिरामी भएका छन् । यसपटक भने उनी नेपाल आएका बेला बिरामी भएका हुन् ।
उनलाई काठमाडौंको नर्भिक अस्पतालमा भर्ना गरिएको छ । उनी पोखरामा रहेका बेला स्वास्थ्यमा समस्या देखिएको थियो । त्यसपछि उनलाई तत्काल काठमाडौं ल्याएर अस्पताल भर्ना गरिएको हो ।
उनी आइतबार नेपाल आएका हुन् । आफ्नो एक म्युजिक भिडियो छायांकनको लागि पोखरा पुगेका निगमको स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौं ल्याइएको हो । उनी आफ्नो पत्नी र छोरासहित नेपाल आएका हुन् ।
उनले नेपाल आएको जानकारी इन्स्टाग्राम मार्फत दिएका थिए । यसअघि दुई साता अघिमात्र उनी छालाको एलर्जीका कारण गम्भीर बिरामी भएपछि मुम्बइको एक अस्पतालमा आइसीयुमा भर्ना हुनु परेको थियो ।
February 19, 2019 3:39 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
Loading...