Monday 16th March 2026

बाग्लुङमा जीप दुर्घटना : चार जनाको मृत्यु

7 years अगाडी

बाग्लुङ – बाग्लुङको जैमिनी नगरपालिका–८, छिस्तीमा मङ्गलबार जLप दुर्घटना हुँदा ज्यान गुमाउने यात्रुको सङ्ख्या चार पुगेको छ ध१ज ७९१ नम्बरको जीप छिस्तीको रापुङ्गभीरमा दुर्घटना हुँदा जनकल्याण माध्यमिक विद्यालयका लेखापाल तुलसी पुन, त्यही विद्यालयमा अध्ययनरत छात्रा एलिना पुन, प्रियंका पुन र ज्योति पुनको मृत्यु भएको जैमिनी नगरपालिका–८ छिस्तिका वडासदस्य कर्णसिंह पुनले जानकारी दिनुभयो । दुर्घटनामा १२ जना घाइते भएका छन् ।

घाइते धना श्रीष, विष्ना श्रीष, सङ्गम श्रीष र सम्झना पुनको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।कृष्ण पुन, सविना थापा, नन्दकली श्रीष, निर्मला पुन र पूजा पुनको धवलागिरि अञ्चल अस्पतालमा उपचार भइहेको छ ।

जीपमा झण्डै ३० यात्रु रहेको प्रहरीचौकी बेलवगरका प्रहरी जवान शङ्कर थापा क्षेत्रीले जानकारी दिनुभयो । जनकल्याण माविको वार्षिकोत्सव मनाएर घर फर्किँदै गरेका विद्यार्थी र अभिभावक सवार जीप दुर्घटनामा परेको जैमिनी नगरपालिकाका उपप्रमुख लीला रानाले बताउनुभयो ।

          February 20, 2019 10:41 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...