आजको मौसम : काठमाण्डौसहित देशका धेरै ठाउँ घमाइलाे हुने सम्भावना
7 years अगाडी
Susma Dhakal
काठमाण्डौ – काठमाण्डौसहित मध्य र पूर्वका धेरै ठाउँमा आज घाम लाग्ने मौसमविद्ले अनुमान गरेका छन् । पश्चिमी वायुको असरले पश्चिमको मौसम भने एकैछिन खुले पनि फेरि बदली भइहाल्ने सम्भावना रहेको मौसमविद् मन्जु बासीले जानकारी दिनुभयो
उहाँका अनुसार आज पश्चिम र मध्य क्षेत्रको थोरै पहाडी भेगमा मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना छ । अरु ठाउँको मौसम भने सफा हुनेछ ।
पश्चिमको मौसम रातीदेखि भने झन् बदली भई केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने उहाँको अनुमान छ । यस्तै पूर्व र मध्य क्षेत्रको केही ठाउँमा फाट्टफुट्ट पानी पर्ने मौसमविद् बासीको अनुमान छ ।
उहाँका अनुसार अहिले कमजोर रहेको पश्चिमी वायु रातिदेखि सक्रिय हुने देखिएकाले पश्चिमको मौसम भोलि झन् बदली हुने देखिएको हो । तर काठमाण्डौसहित मध्य र पूर्वको मौसम भने एकदुई दिन सफा हुने मौसमविद्ले अनुमान गरेका छन् ।
February 20, 2019 10:51 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
Loading...