Monday 14th July 2025

इमरान खानको चेतावनीपूर्ण म्यासेजपछि पनि कश्मीरमा तोडफोड जारी हेर्नुहोस भिडियो

6 years अगाडी

बीबीसी । गत विहिबार भएको आक्रमणपछि भारत प्रशासित कश्मीरमा तनाव बढ्दो छ। उक्त घटनालाई लिएर पाकिस्तान र भारत बिच वाकयुद्ध सुरु भइसकेको छ।

भारतले आफ्ना सुरक्षाकर्मिको रगत त्यसै खेर दिन नदिने भनेर बदला लिने उद्घोष गरिसकेको छ। दुई देशको विग्रदो सम्बन्धको असर खासगरी जम्मुमा देखिएको छ। जहाँ दिनदिनै नाराबाजी भइरहेका छन् । हिंसा भड्कने डरले कफर्युं जारी छ । ५ दिन देखि इन्टरनेट समेत बन्द गरिएको छ।

विग्रदो अवस्थापछि रातारात हजारौं कश्मीरियोंलाई बिठिंडी सहरबाट प्रहरीले घेरा हालेर घाटि तर्फ सारेको छ । दिनदिनै प्रर्दशन र तोडफोडका घटना भइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

पाकिस्तानले भारतबाट आफूविरुद्ध कुनै सैन्य कारबाही भए प्रतिकार गर्ने चेतावनी समेत दिइसकेको छ। गत हप्ता भारत प्रशासित कश्मीरमा आत्मघाती आक्रमण हुँदा ४६ सुरक्षाकर्मीको मृत्यु भएपछि भारतले पाकिस्तानलाई सो घटना गराएको आरोप लगाउँदै कारबाही गर्ने धम्की दिँदै आएको छ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आज टेलिभिजन सम्बोधनमार्फत् भारतलाई कश्मीर आक्रमणमा संलग्न भएको प्रमाण दिन चुनौती दिएका छन्।

पाकिस्तानी भूमिबाट सञ्चालित लडाकु सङ्गठन जैश(‍‍ए) मोहम्मदले सो घटना आफूले गराएको दाबी गरेको छ। सो घटनापछि भारत र पाकिस्तानबीच तनाव बढेको हो। सन् १९४७ मा विभाजन भएदेखि नै दुई देशले कश्मीर आफ्नो अधीनस्थ हुनुपर्ने दाबी गर्दै आएका छन्।

कश्मीर आक्रमणबारे प्रतिक्रिया दिँदै खानले आफ्नो सम्बोधनमा ‘भारतले पाकिस्तानलाई विनाप्रमाण दोष लगाउन छोड्नुपर्नेू भन्दै भारतीय पक्षलाई पाकिस्तान संलग्न भएको प्रमाण आफूसँग भए देखाउन चुनौती दिएका छन्।

उनले भने, ‘यदि तपाईँ पाकिस्तानमा कुनै किसिमको आक्रमण गर्नेबारे सोच्दै हुनुहुन्छ भने पाकिस्तानले प्रतिकार गर्नेबारे सोच्ने मात्र हैन, पाकिस्तानले प्रतिकार नै गर्नेछ।’साउदी युवराज मोहम्मद बिन सलमानको भ्रमणका कारण आफूले पहिला सम्बोधन गर्न नपाएको उनले बताए। कश्मीरमा आत्मघाती आक्रमण गर्ने व्यक्ति स्थानीय युवा भएको बताइएको छ।

रिपोर्टका अनुसार केही वर्षयता धेरै कश्मीरी युवाहरू लडाकु सङ्गठनमा प्रवेश गरेका छन्। सोमवार भएको भिडन्तमा भारतीय सुरक्षाकर्मीले तीन सन्दिग्ध लडाकुलाई मारिदिएका थिए। सो घटनामा चार सैनिक, एक प्रहरी र एक गैरसैनिकको पनि मृत्यु भएको थियो।

भारतीय पक्षले भिडन्तमा मारिएका एक लडाकु पुलवामामा बिहीवार भएको आक्रमणका प्रमुख योजनाकार भएको दाबी गरेको छ।
कश्मीरको केही भूभाग पाकिस्तान र केही भारतको अधीनमा छ। बिहीवारको घटना सो क्षेत्रमा भारतीय फौजलाई लक्षित सबैभन्दा ठूलो आक्रमण हो।

अहिलेसम्म भारतले आर्थिक र कूटनीतिक माध्यमबाट पाकिस्तानलाई आक्रमण गरेको छ।भारतले पाकिस्तानको व्यापारिक हैसियत रद्द गर्दै पाकिस्तानसँगको भन्सार दरमा दुई सय प्रतिशतले वृद्धि गरिदिएको छ। दुवै देशले आफ्ना राजदूतहरूलाई फिर्ता बोलाएका छन्।

          February 20, 2019 12:08 pm | भिडियो


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...