च्याम्पियन्स लिग : लिभरपुल र बायर्न बराबरीमा रोकिए
युरोपियन च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलको पहिलो लेगमा लिभरपुल र बायर्न म्युनिखले गोलरहित बराबरी खेलेका छन् ।
घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले तीन वटा उत्कृष्ट मौका पाए पनि गोल गर्न सकेन । घरेलु दर्शकको साथ पाएको लिभरपुलका साडियो मानेले पहिलो सुरुवातमा नै पाएको उत्कृष्ट मौका खेर फाले ।
त्यसपछि रोबेर्टो फेरमिन्होको पासमा जोयल मेटिपले डिबक्सभित्र पाएको अर्को मौकालाई सदुपयोग गर्न सकेनन् । त्यसपछि मेटिपले नै दोस्रो हाफमा बल क्लियर गर्ने क्रममा आफ्नै पोस्टमा गोल हुनबाट गोलकिपर एलिसोनले बचाउ ।
खेलको ८५ औँ मिनेटमा फेरि मानेले हेडमार्फत गरेको प्रहारलाई जर्मन टिमका डिफेन्डरले गोललाइनबाट बचाए । यता बायर्नले त्यस्तो डरलाग्दो मुभ बनाउन सकेन।
च्याम्पियन्स लिगको इतिहासमा नकआउट चरणमा बराबरी भएको यो ३१ औँ खेल हो । यस्तै बायर्नले पछिल्ला २६ अवे खेलमा दोस्रो बराबरी खेलेको छ ।
February 20, 2019 12:27 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी