कोमल र दीपाले गरे ‘सिने इक्यूमेन्ट’को उद्घाटन
काठमाण्डौको अनामनगरमा ‘सिने इक्यूमेन्ट हाउस’ संचालनमा आएको छ । निर्देशक बसन्त निरौला र पब्लिसिटी डिजाइनर बिजय बस्यालले संयुक्त रुपमा यो हाउसको उद्घाटन गरेका हुन् । चलचित्र छायांकनका लागि चाहिने सम्पूर्ण उपकर यो हाउसमा पाइने निरौलाले जानकारी दिए ।
यो हाउसको राष्ट्रिय सभाकी सदस्य एवं गायिका कोमल वली, निर्देशक दीपाश्री निरौला र निर्देशक तथा कलाकार रमेश वुढाथोकीले रिवन काटेर संयुक्त रुपमा उद्घाटन गरेका थिए । कार्यक्रममा शुभकामना दिदै वलीले बर्ष दिनभरी नै हाउसका सामान चलचित्र तथा अन्य प्रयोजनका लागि व्यस्त होस् भनेर शुभकामना दिइन् ।
नेपालमा चलचित्र, म्यूजिक भिडियो तथा विज्ञापन मेकिङको क्रम बढेसँगै यस्ता खालका हाउसहरुको संचालन पनि बढेको छ । संचालकमध्येका एक बसन्त निरौलाले आफूहरुले लामो सोच बोकेर यो हाउस संचालनमा ल्याएको बताए । बजारमा आउने नयाँ प्रविधीलाई पनि हाउसमा भित्राउने योजना रहेको उनले सुनाए ।
February 20, 2019 2:03 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री