‘गली ब्वाय’ हेरेपछि कट्रिना केफले गरिन् आलिया र रणवीरकाे प्रशंसा
रणवीर सिंह र आलिया भट्ट अभिनित फिल्म ‘गली ब्वाय’ रिलिज भएसँगै यस फिल्मले दर्शक तथा फिल्म समीक्षकहरुको तर्फबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

आम दर्शक तथा बलिउडका कलाकारहरुले समेत आलिया र रणवीरको प्रशंसा गरिरहेका छन् । यसैबीच अभिनेत्री कट्रिना केफले पनि फिल्म ‘गली ब्वाय’ हेरिसकेपछि अभिनेत्री आलिया भट्ट लगायत फिल्मका सम्पूर्ण टिमको निकै नै प्रशंसा गरेकी छिन् ।
कट्रिना केफले उनको इन्स्टाग्राम एकाउन्टको डे मा पोष्ट गर्दै फिल्म ‘गली ब्वाय’ की निर्देशक जोया अख्तरको कामको प्रशंसा गरेकी छिन् । साथै कट्रिनाले अभिनेत्री आलिया भट्टको प्रशंशा गर्दै भनेकी छिन्, ‘आलिया तिमी जब जब स्क्रीनमा आउँछौ, तब दर्शकको अनुहारमा पनि एक खालको चमक आउने गर्छ ।’

कट्रिनाले अभिनेता रणवीर सिंह र अन्य कलाकारको अभिनयको पनि तारिफ गरेकी छिन् । कट्रिना केफको यस किसिमको इन्स्टाग्राम पोष्ट देखेर अभिनेत्री आलिया भट्टले पनि उनको सामाजिक संजाल अकाउन्ट मार्फत एउटा पोष्ट शेयर गरेकी छिन् ।
जसमा आलियाले लेखेकी छिन्, ‘कट्रिना केफ तिमी सबैभन्दा असल छौ ।’
केही समय अघि सार्वजनिक खबरहरुका अनुसार आलिया भट्ट र कट्रिना केफबीचको सम्बन्ध बिग्रिएको बताइएको थियो ।

कट्रिनाका पूर्व प्रेमी रणबिर कपूरलाई आलियाले डेट गर्न सुरु गरेपछि कट्रिना आलियासँग टाढिएको बताइएको थियो । तर अहिले कट्रिनाले सामाजिक संजालमा आलियाको प्रशंसा गरेको पोष्ट हेर्दा यी दुवैै अभिनेत्रीबीचको सम्बन्ध सुमधुर रहेको कुरा प्रष्ट हुन्छ ।
February 21, 2019 8:54 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर