‘गली ब्वाय’ हेरेपछि कट्रिना केफले गरिन् आलिया र रणवीरकाे प्रशंसा
रणवीर सिंह र आलिया भट्ट अभिनित फिल्म ‘गली ब्वाय’ रिलिज भएसँगै यस फिल्मले दर्शक तथा फिल्म समीक्षकहरुको तर्फबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

आम दर्शक तथा बलिउडका कलाकारहरुले समेत आलिया र रणवीरको प्रशंसा गरिरहेका छन् । यसैबीच अभिनेत्री कट्रिना केफले पनि फिल्म ‘गली ब्वाय’ हेरिसकेपछि अभिनेत्री आलिया भट्ट लगायत फिल्मका सम्पूर्ण टिमको निकै नै प्रशंसा गरेकी छिन् ।
कट्रिना केफले उनको इन्स्टाग्राम एकाउन्टको डे मा पोष्ट गर्दै फिल्म ‘गली ब्वाय’ की निर्देशक जोया अख्तरको कामको प्रशंसा गरेकी छिन् । साथै कट्रिनाले अभिनेत्री आलिया भट्टको प्रशंशा गर्दै भनेकी छिन्, ‘आलिया तिमी जब जब स्क्रीनमा आउँछौ, तब दर्शकको अनुहारमा पनि एक खालको चमक आउने गर्छ ।’

कट्रिनाले अभिनेता रणवीर सिंह र अन्य कलाकारको अभिनयको पनि तारिफ गरेकी छिन् । कट्रिना केफको यस किसिमको इन्स्टाग्राम पोष्ट देखेर अभिनेत्री आलिया भट्टले पनि उनको सामाजिक संजाल अकाउन्ट मार्फत एउटा पोष्ट शेयर गरेकी छिन् ।
जसमा आलियाले लेखेकी छिन्, ‘कट्रिना केफ तिमी सबैभन्दा असल छौ ।’
केही समय अघि सार्वजनिक खबरहरुका अनुसार आलिया भट्ट र कट्रिना केफबीचको सम्बन्ध बिग्रिएको बताइएको थियो ।

कट्रिनाका पूर्व प्रेमी रणबिर कपूरलाई आलियाले डेट गर्न सुरु गरेपछि कट्रिना आलियासँग टाढिएको बताइएको थियो । तर अहिले कट्रिनाले सामाजिक संजालमा आलियाको प्रशंसा गरेको पोष्ट हेर्दा यी दुवैै अभिनेत्रीबीचको सम्बन्ध सुमधुर रहेको कुरा प्रष्ट हुन्छ ।
February 21, 2019 8:54 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री