Saturday 20th December 2025

पशुपतिजीले गल्ती गर्नुभयो : गायिका ज्योती मगर

7 years अगाडी

चर्चित एवं लोकप्रिय गायक पशुपति शर्माको गीत लुट्न सके लुट कान्छाको चर्चा अझै सेलाएको छैन । उनको गीतमाथि लगाईएको प्रतिबन्धबारे अलजजिरा र भारतीय मिडियाहरुले समेत समाचार बनाईसकेका छन् । देशमा देखिएको पछिल्लो बिकृती र बिसंगतीकाबारेमा उनले गाएको गीतप्रति सत्तारुढ दलका युवा संगठनले आपत्ति जनाए ।

धम्कीकै बीच उनले गीत हटाए । लोकगीत प्रतिष्ठानले पशुपतीले दुरुस्तै गीत राख्नु पर्ने निर्णय गरिसकेको छ । उनको समर्थनमा सामाजिक सञ्जाल रंगिएका छन् तथापी पशुपतिले सो गीत आफनो युट्युव च्यानलमा राखेका छैनन् ।

यता गीतसंगितकै क्षेत्रमा लागेका हस्तीहरुले पनि पशुपतिको गीतमाथि प्रतिक्रिया दिईरहेका छन् । जनवादी गायक जीवन शर्मा , मन्जु पौडेल लगायतले पशुपतिले गीत लेखनमा गल्ती गरेको बताईरहेका बेला अर्की चर्चित गायिका ज्योती मगरले पनि पशुपतिको गीतमाथि प्रतिक्रिया दिएकीछिन् ।

एक अन्तरवार्ताको क्रममा उनले कतिपय गायक गायिकाहरुले राजनिती पार्टीको कार्यक्रममा झण्डा बोकेर गीत गाउँदा पशुपतिले ल्याएको गीतमाथि शंका गरिएको बताईन् । उनले पशुपतिको गीतमाथि राजनिती गर्ने र समर्थन गर्ने दुबैले अनावश्यक हल्ला मात्र गरेको आरोप लगाईन् ।

राजनितीक पार्टीको कारण गीतलाई लिएर पशुपति शर्मा चाही बिचमा पेलिएको उनको बुझाईछ । उनले पशुपतिको गीत व्यंग्यात्मक भएको भन्दै उनले भनिन् “पशुपतिजीले गीत हटाउनु हुँदैनथ्यो । धम्की दिँदैमा गीत हटाउनु उहाँको गल्ती भयो । उहाँ डराउनु भयो” ।

पशुपतिको समर्थन गर्दे आफुले गरेको राम्रो काममा अरुले जे भने पनि अडिग हुनु पर्ने उनको भनाई छ । बिगतमा पनि जातजातिकाबारेमा गीत निकाल्दा बिरोध हुँदा हटाएको प्रति पनि ज्योतीले आलोचना गरिन् । ज्योतीले आफनो गीतमा पनि बिरोध र धम्की आउँदा आफुले नहटाएको स्मरण गरिन् ।

          February 21, 2019 10:37 am | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...