श्रीमतीको हत्या गरेर टाउको लिएर प्रहरी चौकी पुगे श्रीमान
भारतको मध्य प्रदेशको मुरैना जिल्लामा एक व्यक्तिले श्रीमतीको हत्या गरेर टाउको लिएर प्रहरी चौकी पुगेका छन् । बीबीसीका अनुसार बुधबार यो घटना प्रदेशको राजधानी भोपालबाट झण्डै ४५० किलोमिटर टाढा रहेको मुरैना जिल्लाको चम्बर इलामा भएको हो
मुरैनाका प्रहरी अधीक्षक रियाज इकबाल घटनाको जानकारी दिँदै भन्छन्, ‘घटना बुधबार बाहिर आएको हो । कल्याण शाक्यवार नाम गरेका एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरेर थानामा आफैविरुद्ध उजुरी दिन आएका थिए । उनले आफूले श्रीमतीको हत्या गरेको बताए । उनलाई तुरुन्तै गिरफ्तार गरेर प्रहरीले घटनाको अनुसन्धाान गरिरहेको छ ।’
प्रहरीका अनुसार कल्याण र उनकी श्रीमती पंकजबीच सधैँजसो झगडा हुन्थ्यो । हरेक दिनजसो उनीहरुबीच झगडा हुन्थ्यो । बुधबार फेरि उही सिलसिलामा झगडा बढ्दै गएपछि कल्याणले बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेको हो ।
उनीहरुको विवाह १० वर्षअघि भएको थियो । उनीहरुका तीन छोराछोरी पनि छन् । श्रीमतीको हत्या गरेर उसले टाउको हातमा झुण्ड्याउँदै कल्याण महुवा प्रहरी चौकी पुगेको थियो । उसको हातमा एक महिलाको टाउको देखेर सबै डराइरहेका थिए ।
February 22, 2019 10:21 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले