

महिला टी–२० विश्वकप छनाैट : नेपालकाे शानदार बलिङ, यूएई ४१ रनमै अलआउट

आईसीसी टी–२० महिला तथा एकदिवसीय विश्वकप अन्तर्गत एसिया क्षेत्रीय छनोटमा नेपाललाई यूएईले ४२ रनको लक्ष्य दिएको छ टस जितेर ब्याटिङ रोजेको यूएईले १७ ओभर ३ बलमा आफ्ना सबै विकेट गुमाउँदै ४१ रन बनाएको हो । यूएईका लागि सीआर सेनेविरत्नाले सर्वाधिक १३ रन बनाइन् ।
यूएईका तीन जना ब्याट्सवुमेनले खाता नै खोल्न नसक्दा सात जना ब्याट्सवुमेनले दोहोरो अंकमा रन बनाउनै सकेनन् नेपालले सुरुवातदेखि नै यूएईलाई दबाबमा राख्न सफल भयो । जसमा उसले युएईको १० रन हुँदा तीन विकेट झार्यो । ओपनर छायाँ मुघल तीन रनमा आउट भइन भने इशा ओजा मात्र दुई रनमा आउट भइन् ।
त्यसपछि काभिसा पनि चार रनमा पेभेलियन फर्किइन । त्यसपछि कप्तान हुमेइरा तास्विन एक रनमा पेभेलियन फर्किदा उसले १२ रनमा चाैथाे विकेट खेर फाल्याे । त्यसपछि शुभा मात्र तीन रनमा बाहिरिइन् भने लगत्तै उडेनी डाेना पनि खाता खाेल्न नपाउँदै पेभेलियन फर्किदा यूएईले १८ रनमा ६ विकेट खेर फाल्याे ।
एकपछि अर्काे विकेट गुमाएकाे युएइले ३५ रन हुँदा साताैं विकेट खेर फाल्याे । सेनेविरत्नाले १३ रन बनाए पनि त्यसपछि उसले अरू ६ रन जाेड्दा थप चार विकेट गुमायाे । नेपालका लागि नेरी थापाले ४ विकेट लिइन् । ३ ओभर ३ बल बलिङ गरेकी नेरीले एक ओभर मेडन राख्दै मात्रै ६ रन खर्चेकी थिइन् । नेपालका लागि सिता रानामगर, साेनु खड्का र कविता कुवँरले कसिलो बलिङ गर्दै दुई-दुई विकेट लिए ।
February 22, 2019 10:27 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ

नेपाल पत्रकार महासङ्घ कुवेतद्वारा सचिवद्वय गौतम र बिँडारीलाई गर्यो बिदाई

झापाली समाज कुवेतको छैटौ महाधिवेशनको सम्पुर्ण तयारी पुरा

३१ औं विश्व आदिवासी दिवस तथा नेपाल आदिवासी जनजाति महासंघ कुवेतको पाँचौँ अधिवेशन २०२५ भव्य रूपमा मनाइने भएको छ

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसँगै गाडी बगायो, त्रिशूली नदीमा बाढीको जोखिम

महिला एशियन कप छनोट : निर्णायक खेलमा नेपाल उस्वेकिस्तानसँग पराजित

