Monday 16th March 2026

बालिकालाई बलात्कार गरी गर्भवती बनाएर भारतमा लगेर गर्भपतन: पैसा दिएर ढाकछोप गर्ने तयारी

7 years अगाडी

काठमाडौं, १० फागुन । पछिल्लो समय बलात्कारका घटना दिनहुं बढ्न थालेका छन् । बालिकालाई बलात्कार गरी चार महिनाको गर्भपतन गराएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। बालिकालाई डरधम्की दिई बलात्कारपछि गर्भपतन गराएको बरोपमा चिरौलीका ३० वर्षिय राजकुमार साहलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको हो।

साहले छिमेककी ती बालिकालाई डरधम्की दिएर पटक पटक बलात्कार गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।बालिका गर्भवती भएपछी साहले भारतको बिहार राज्यस्थित सुपौल जिल्लामा लगेर गर्भपतन गराएको प्रहरीले जनाएको छ। गर्भपतन गराई पीडित परिवारलाई रकम दिएर घटना ढाकछोप गर्न खोजेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए।

घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली परिचालन गरी साहलार्य पक्राउ गरी अनुसन्धान थालिएको सुनसरीका प्रहरी प्रमुख एसपी राजन अधिकारीले बताएका छन्। साहविरुद्ध मंगलवार जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी हिरासतमा राखेर घटनाको अनुसन्धान थालिएको उनले बताए।

बलात्कृत बालिका विरामी भएको बेला भारतमा लगेर उपचार गरिदने भन्दै साहले बालिकाका परिवारलाई ललाई फकाई भारत लगेर गर्भपतन गराएको प्रहरीले जनाएको छ। भारतबाट फर्किएपछि सोधपुछ गर्दा साहले आफूलाई बलात्कार गरी चार महिनाको गर्भपतन गराएको परिवारका सदस्यलाई ती बालिकाले बताएपछि घटनाबारे थाहा भएको स्थानीयवासीले बताएका छन्।

साहलाई पक्राउ गरेपश्चात बालिकाका परिवारले जिल्ला प्रहरी कार्यालय सुनसरीमा साहविरुद्ध जबरजस्ती करणी अन्तर्गत मुद्धा दर्ता गरेका छन्। बालिकाको स्वास्थ्य परीक्षणबाट चार महिनाको गर्भपतन गराएको खुलेको एसपी अधिकारीले बताए।

          February 22, 2019 10:40 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...