यसरी यौनसम्पर्क गर्नेलाई हृदयघात लगायत मुटुको समस्या हुँदैन !
काठमाडौं । मानिसहरुका लागी हरेक कुरा सिमित मात्रामा गर्यो भने त्यसले फाइदा पुग्छ । नेपाली समाजमा यौनसम्पर्कलाई अत्ति साँघुरो रुपमा बुझ्ने गरिएको छ । सामान्य रुपमा बुझ्ने हो भने, यौनसम्पर्क एकप्रकारको शारीरिक व्यायम हो । स्वस्थ्य रुपमा गरिएको यौनसम्पर्कले मुटुजन्य रोगीहरुलाई समेत राम्रो प्रभाव पार्छ ।
त्यतिमात्रै होइन नियमित रुपमा मिलाएर गरिएको यौनसम्पर्कले हृदयघातको सम्भावना समेत कम हुनु विज्ञहरु बताउँछन् । वैज्ञानिकहरुले हप्ताको दुई देखी तीन पटक सम्म यौनसम्पर्क गर्ने व्यक्तिको आयु १० वर्ष बढने दाबी गरेका छन् । यौनसम्पर्कका बेला व्यक्तिको शारीरिक संगै मनोवैज्ञानिक रुपमा स्फुर्तिमा बृद्धि हुने र त्यसको सकारात्मक प्रभाव सोझै मुटूमा पर्ने बैज्ञानिकहरुको धारणा छ ।
यौनसम्पर्कका वेला आउने उत्तेजनाले शरीरका सबै अंगलाई क्रियाशील गराउछ भने त्यतिवेला पाइने विशेष खालको आनन्दले व्यक्तिको स्फूर्ति बढने बैज्ञानिकहरुको तर्क छ । उनीहरुले यौनसम्पर्कलाई एक प्रकारको शारीरिक श्रम भएको भनेका छन् । शारिरीक श्रम गर्ने व्यक्तिको स्वत मुटु बलियो हुने भनाई छ । मुटु बलियो हुनेको हृदयघात हुने सम्भावना समेत कम हुन्छ ।
कतिपयले एक पटक हृदयघात भएको व्यक्तिले यौनसम्पर्क गर्न हुदैन भन्ने मान्यता राखेको पाइन्छ । मुटुलाई असर पर्छ भनेर यौनसम्पर्क बन्द गरेको समेत सुनिन्छ । तर चिकित्सकहरुले यौनसम्पर्कको बेला मुटुमा पर्ने दवाव भनेको भर्याङ चडी दुई तल्ला माथि उक्लदा जति दवाव हुन्छ त्यति नै हुने बताउछन् । विज्ञका अनुसार हृदयघात भएको व्यक्तिले चार हप्ता पछि यौनसम्पर्क गर्न सक्छन् । एजेन्सी
February 22, 2019 12:53 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन