चलचित्र ‘पुरानो बुलेट’ हङकङबाट वल्ड प्रिमियर शो हुँदै
काठमाडौं । क्रेजी इन्टरटेनमेन्ट प्रा.लि.को व्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’ आज हङकङबाट वल्ड प्रिमियर शो हुँदैछ। ‘हेल्प फर ह्युमानिटी’ भन्ने मूल नाराका साथ हङकङमा यो प्रदर्शन गर्न लागिएको हो।
प्रदर्शनपछि जम्मा भएको केही रकम सामाजिक कार्यका लागि सहयोग गरिने हङकङ प्रदर्शन आयोजक एचकेट्युव नेपालका संयोजक अनोज रोक्काले जानकारी दिएका छन्।
आज (२३ फेब्रुअरी) हङकङको याउमा तेइ स्थित कम्युनिटी हलमा बेलुका ६ः३० बजे चलचित्र ‘पुरानो बुलेट’ प्रदर्शन हुँदैछ। चलचित्र प्रदर्शन गर्ने जिम्मा अनोजका अलवा, विजय लिम्बु, मज्जाको राई, सरु राई र सुनिता आङदेम्बेले लिएका हुन्।
चैत्र १ गतेदेखि अलनेपाल प्रदर्शनमा आउन लागेको यस चलचित्र नेपालमा लागिसकेपछि अन्य देशहरुमा पनि प्रदर्शन गरिने कार्यकायरी निर्माता सन्तोष राईले जानकारी दिए। कार्यकारी राईले भने, ‘हङकङको प्रदर्शन पनि हामीले चलचित्र अलनेपाल लगाउँदैछौं। त्यसपछि तुरुन्त अमेरिका, अष्ट्रेलिया, युके, कोरिया, जापान, फ्रान्सको प्रदर्शन मिति पक्का भएको छ।’
चलचित्रमा मेल लिड रोल अनुप विक्रम शाहीले सम्हालेका छन् भने उनलाई वर्र्षा शिवाकोटी र माला लिम्बुले साथ दिएका छन्। यस्तै शिव मुखिया, कविता आले मगर, कृष्णभक्त महर्जन, बारत लिम्बु, शिरोमणि दवाडी, बादल श्रेष्ठ, करण धिताल, युडी गुप्ता, लगायतको अभिनय रहेको छ। भीषण राईद्वारा निर्देशित यस चलचित्र सन्तोष राई, अशोक कुमार राई, विरेन साम्बा, टीकाराम राई र दिपेन लिम्बुले संयुक्त रुपमा निर्माण गरेका हुन्। चलचित्रलाई हरि घले लामाले खिेचका हुन् भने अर्जुन जिसीले सम्पादन गरेका हुन्।
February 23, 2019 1:30 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री