

यस्ताे छ अहिलेका व्यस्त नायक पल शाहकाे आनीबानी

काठमाण्डाै – पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा उदाएका अभिनेता हुन पल शाह । म्युजिक भिडियोबाट दर्शकको मन जितेका पलको पहिलो चलचित्र भने ‘नाई नभन्नु ल ४’ हो । उनलाई निर्देशक विकासराज आचार्यले कलिउडमा डेव्यु गराएका थिए ।
त्यसपछि भने उनी चलचित्र क्षेत्रमै व्यस्त बन्दै गएका छन् । नाई नभन्नु ल ४ पछि उनले म यस्तो गीत गाउँछु, जोनी जेन्टलमेन, सत्रुगते लगायतका चलचित्रमा अभिनय गरिसकेका छन् ।
हाल उनी मिलन चाम्सले निर्देशन गर्दै गरेको चलचित्र वीरविक्रम २ को छाँयाकनमा व्यस्त छन् । उनी आफ्नो गेटअपमा र आफ्नो लुक्समा निकै ध्यान दिने गर्छन् । पल कस्ताे किसिमका कपडा लगाउन रुचाउँछन, मेकअप कस्ताे गर्छन् भन्ने विषयमा उनीसँग गरिएको कुराकानी गरिएकाे कुराकानी यसप्रकार छ ।
चक्लेटी हुनुहुन्छ, फ्यान फलाेइङ पनि उत्तिकै छ, ड्रेसअपमा कत्तिको ध्यान दिनुहुन्छ ? : घरमा बस्दा सामन्य ड्रेसअपमै हुन्छु, साधारणतया म बाहिर हिँड्दा भने सर्ट, पाइन्ट, टीसर्ट र आउटर लगाउँछु । यस्तै खालको ड्रेसअप मेरो रोजाइमा पर्छ । मसँग भएका अधिकांश कपडा यस्तै नै छन् ।
पसलमा कपडा छनौट कसरी गर्नुहुन्छ ? : कपडा किन्दा चाहिँ म समय खर्चेर नै किन्ने गर्छु । आफुलाई के-कस्तो कपडा सुहाउँछ, एकपटक लगाएर हेर्छु । कपडाहरु लगाउँदा मलाई कपडाको रङ मिलाएर लगाउनुपर्छ । जस्तै पाइन्ट कालो छ भने सेतो टिसर्ट र आउटर त्यही अनुसार मिलाएर लगाउनुपर्छ । साथीहरुले पनि मलाई यस्तै ड्रेसअपमा सुहाउँछ भन्नुहुन्छ ।
कति-कति समयमा कपडा किन्ने गर्नुभएको छ ? : धेरैजसो भिडियोको काममा व्यस्त भइरहेको हुन्छु । कहिलेकाहीँ भिडियोको लागि महिनामै दुई तीनवटा आवश्यक पर्छ त्यही अनुसार किन्नु परिहाल्यो । नत्र साधारणतया आफ्नो लागि चाहि महिनामा एक पल्ट सम्म किन्ने गरेको छु ।
कुन ब्राण्डका कपडा रोज्नुहुन्छ ? : त्यस्तो महङ्गो ब्राण्डेड नै लगाउनुपर्छ भन्ने छैन । मलाई मन परेपछि जे जतिको भए पनि किन्छु । स्थान पनि यही नै जानुपर्छ भन्ने छैन । सडकमा हिँड्दै गर्दा देखेँ र राम्रो लाग्यो भने त्यहीँ पनि किनिदिन्छु ।
त्यस्तो महङ्गो कपडा मात्र किन्ने भन्ने होइन । कहिलेकाहि अलि महंगो सुट किनिन्छ । ज्याकेटहरु १२÷१५ हजारको अनि जुत्ताहरु पनि त्यत्ति नै आसपास मूल्यको किन्छु ।
कपडाका लागि मात्र महिनामा कति जति खर्च हुन्छ ? : हाहाहा त्यो त ठ्याक्कै यति हुन्छ भनेर कसरी भन्नु र ? हिसाब गरेर राख्ने गरेको छैन । सधैं एकसमान हुन्छ भन्ने छैन । कहिले धेरै हुन्छ, कहिले थोरै हुन सक्छ । कहिले नहुन पनि सक्छ । जति भिडियो खेल्नुपर्ने हुन्छ, कपडा किनाइमा खर्च पनि त्यति नै बढ्छ ।
कस्तो कपडा किन्ने भनेर घरबाटै सोचेर जानुहुन्छ कि पसलमै गएपछि छनोट गर्नुहुन्छ ? : सामान्यतया यो किन्छु भनेर त पहिले नै सोचिन्छ नि । तर आफूलाई कुन रङको कपडा सुहाउँछ भन्ने कुरा भने लगाएरै थाहा हुने भएकाले लगाएर हेरेपछि मात्र किनिन्छ ।
गरगहनामा कत्तिको रुची राख्नुहुन्छ ? : अहँ… गरगहनाहरुमा मलाई फिटिक्कै रुचि छैन । पहिला भने हातभरी औँठी तथा ब्रासलेट टन्नै लगाउँथेँ, तर अहिले एकदमै कम छ । लगाउनै मन लाग्दैन ।
हेयर स्टाइलमा कति समय खर्चिनुहुन्छ ? : सामान्य हिँडडुलमा सामान्य नै हुन्छ, त्यस्तो धेरै समय लाग्दैन । अब भिडियो, चलचित्रमा त कथाले जे जस्तो माग्यो त्यस्तै गर्नु परिहाल्यो ।
अनुहारकोे मेकअपमा चाहिँ कत्तिको ध्यान दिनुहुन्छ ? : कथाले जे जति माग्छ त्यति हो हाहाहा । खर्चकै हिसाबले भन्ने हो भने यसमा एकदमै कम खर्च गर्छु । सुटिङको बेला त गर्नु परिहाल्यो । अन्यथा म आफै खर्च गरेर मेकअप गर्दिनँ ।
।

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

महिला एशियन कप छनोट : निर्णायक खेलमा नेपाल उस्वेकिस्तानसँग पराजित

अमेरिकाकाे टेक्सासमा बाढी : २४ जनाकाे ज्यान गयाे, ४५ मिनेटमै ग्वाडालुपे नदीको सतह २६ फिटले बढ्याे

ग्लोबल आईएमई क्यापिटलले ‘समुन्नत योजना २’ इकाइ सार्वजनिक निष्काशनमा ल्याउँदै

स्व. बिमला सार्किको शव नेपाल पठाउन प्रवासी नेपाली मञ्चको सहयोग

माओवादिमा रहदा बम र बारुदसंग खेलेका विप्लव अचेल माटो संग खेल्छन

देउवासँग कोइरालाले मागे ओलीलाई प्रधानमन्त्री बनाउनुको चित्तबुझ्दो जवाफ

साँझबिहान इँटा सुकाउन ओल्टाइपल्टाइ गरेर गोमाले ल्याइन् ४ जिपिए, भन्छिन्: डाक्टर बन्ने चाहना छ

निर्वाचन समितिद्वारा एनसीसी कुवेतको नवाैं अधिवेशनका लागि आचारसंहिता र निर्वाचन कार्यतालिका सार्वजनिक

