अशक्त धरमनाथ पासवानलाई सहयोग प्रदान ।
शुक्र मोक्तान,
साउदि अरब- वैदेशिक रोजगारको शिलशिलामा साउदी अरब रहँदा सडक दुर्घटनामा परी साउदीको अस्पतालमा भर्ना भएका धनुषा जिल्लाका स्थायी निवासी धर्मनाथ पासवानलाई गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदीको अग्रसरता र नेपाली राजदुताबास साउदि अरब पूर्व क्षेत्र दम्मामका स्थानिय कर्मचारी हरी घिमीरेको विशेष सहयोगमा
गत १४ अक्टोबर २०१८ का दिन सफलता पूर्वक नेपाल फिर्ता पठाएका थिए।
विभिन्न कारणले पासवानको नेपाल फिर्ती जटिल बन्दै गएको अवस्थामा उनलाई नेपाल फिर्ती र उनको उद्धारार्थ आवश्यक सहयोग जुटाउन गैर आवसीय नेपाली संघ साउदि अरबका पदाधिकारी, एनआरएनए कर्मिहरुहरु लगायत अन्तर्राष्ट्रिय समन्वय परिषद वैदेशिक रोजगार तथा आप्रबासी कामदार कल्याण समितीका मध्यपुर्व सह-संयोजक जोन अर्यालले अहम भुमिका खेलेका थिए भने छैठौं मध्यपुर्व भेलाका दौरान पासवानलाई सहयोग जुटाउने पहल गरिएको थियोे ।
त्यस अभियान अन्तर्गत पासवान स्वदेश फर्के पछि उनको नाममा संकलन गरिएको चार लाख रुपैयाँ निजको स्वास्थ्य उपचारका लागि पत्नी ललिता देवी पासवानलाई २५ फेब्रुअरी २०१९ का दिन हस्तान्तरण गरिएको छ । उक्त रकम गैरआवासीय नेपाली संघका सहकोषाध्यक्ष तथा वैदेशिक रोजगार राहत कोषका संयोजक सोम सापकोटाले हस्तान्तरण गरेका थिए ।
साउदीमा सडक दुर्घटनामा परि शारिरिक अश्वस्थताका कारण हाल पनि निकै कष्टकर जिवन बिताइरहेका धर्मनाथ पासवानलाई उक्त रकमले केही राहत मिल्ने संघको अपेक्षा रहेको छ ।
February 25, 2019 10:37 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की
कुवेतमा युवा शक्तिको अधिवेशन नोभेम्बर १४ मा हुने
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने