भाषाशास्त्री स्व. पोखरेलको सम्मानमा सार्वजनिक बिदा
7 years अगाडी
Susma Dhakal
मोरङ – भाषाशास्त्री प्राध्यापक बालकृष्ण पोखरेलको निधनमा विराटनगर महानगरपालिकाले शोक बिदा दिएको छ ।गएको आइतबार निधन भएका पोखरेलको सम्मानमा विराटगर महानगरपालिकाको सोमबारको बोर्ड बैठकले महानगरपालिका भित्र सार्वजनिक बिदा दिएको हो ।
विराटनगर महानगरपालिकाको कार्यपालिकाको बोर्ड बैठकपछि सूचना प्रकाशित गर्दै भाषाशास्त्री पोखरेलले नेपाली भाषा तथा साहित्यको क्षेत्रमा पुर्याउनु भएको अमूल्य योगदान र उहाँ प्रति सम्मानका लागि शोक बिदा दिने निर्णय गरेको उल्लेख गरेको छ ।
विराटनगर महानगरपालिका भित्रका १९ वटै वडा कार्यालयहरु, महानगरपालिका भित्रका सामुदायिक विद्यालय, संस्थागत विद्यालयहरुले शोक बिदा दिने सूचनामा उल्लेख गरिएको छ ।
वरिष्ठ साहित्यकार एवं भाषाशास्त्री प्राध्यापक बालकृष्ण पोखरेलको विराटनगर–१ मा रहेको परोपकार घाटमा आइतबार अन्त्येष्टि गरिएको थियो ।
February 26, 2019 10:19 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
Loading...