आमाले पिट्दा छोरीको मृत्यु
काठमाडौँ, १४ फागुन । ‘यी सानी नानीलाई मैले पाँच दिनदेखि देखिरहेको छु । आमा दिनभर गिट्टी बोक्छिन् । नानीलाई एकाछेउमा राखिएको हुन्छ । न रुन्छिन्, न झगडा गरेको देखिन्छ । भगवान्को रुपजस्तै । मेरो मनमा अनयासै अमिलो भएर आयो । के गर्न सक्थेँ र ? दुई प्याकेट बिस्कुट दिएँ र हलुका भएँ ।
यद्यपि, कस्तो लागिरहन्छ ।’ आमाले गिट्टी बोक्दा एकाछेउमा भलाद्मी भएर बस्ने दुई वर्षीया बालिकाको शान्त र भद्र स्वभावबारे ताप्लेजुङका तत्कालीन जिल्ला न्यायाधीश अशोककुमार बस्नेतले त्यसबेला आफ्नो फेसबुकमा लेखेका स्टाटस हो यो ।
आमाछोरीको अवस्था देखेर न्यायाधीश बस्नेतले दुई वर्षअघि आमालाई अदालतमै फूल गोड्ने काममा लगाइदिएका थिए । आमा अदालतको फूलबारी दैनिक रेखदेख गर्थिन् । चार वर्षकी छोरी स्कुल जान थालेकी थिइन् । भगवान्जस्ती तिनै आमाको हात बच्चीका लागि काल बनिदियो । ३२ वर्षीया पूजा चेम्जोङका कारण चार वर्षीया छोरी मनिकाको प्राणपखेरु उड्यो ।
स्थानीयका अनुसार बुवा सन्तवीर लिम्बु बिहानै काममा निस्कएका थिए । गृहकार्य नगरेको भन्दै मदिराले लट्ठ भएकी पूजाले बिहीबार छोरीलाई पिटेकी थिइन् । ताप्लेजुङ प्रहरी प्रमुख डीएसपी सञ्जयसिंह थापाका अनुसार गृहकार्य नगरेकाले स्कुल जान नमोपछि आमाले कुटेकी थिइन् ।
February 26, 2019 11:15 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी